२ मंसिर २०८१ आइतबार
image/svg+xml

तीनकुनेमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

कामपा–३५ बानेश्वर तीनकुनेमा बा३ख २०५६ नंको बसले बा२६प ४३३८ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा चालक काभ्रे, नाला–३ का ४७ वर्षीय हरिगोपाल श्रेष्ठको मृत्यु भएको छ।

छोरा बुहारी भेट्न अमेरिका जाँदा भएको दुर्घटनामा चार जनाको मृत्यु

अमेरिकामा रहेका छोराबुहारी भेट्न जाँदा भएको कार दुर्घटनामा परी गुल्मी पिपलधारा–७ कटौंजेका तीनसहित चारजनाको ज्यान गएको छ। गत शुक्रबार राति ९ बजे (स्थानीय समय अनुसार) अमेरिकाको जर्जिया राज्यको एटलान्टामा कार दुर्घटना भएको थियो। दुर्घटनामा परेर कटौजेका चिरञ्जिवी खनाल, उनकी श्रीमती श्यामामञ्जरी खनाल, बुहारी ऋचा खनाल र अर्की एक युवती प्रतिमा सुवेदीको ज्यान गएको हो। प्रतिमा चिरञ्जिवीका छोरा समिरकी साथी हुन् ।

अमेरिकामा भएको कार दुर्घटनामा चार नेपालीको मृत्यु

वासिङ्टन डिसी— अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामीण क्षेत्र जेफर्सन काउन्टीमा भएको कार दुर्घटना चार नेपालीले ज्यान गुमाएका छन्। शुक्रबार नोवेम्बर ४ तारिखमा भएको भयानक दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा क्याम्पसका कर्मचारीको मृत्यु

धनगढी–अत्तरिया सडकको गेटामा गए राति भएको दुर्घटनामा धनगढी उपमहानगरपालिकाका २८ वर्षीय हेमराज मल्लको मृत्यु भएको छ । से१२च १२२९ को जिप र से४प १५०१ को मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार मल्लको उपचारार्थ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बस दुर्घटनामा ८ घाइते

दाङमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाईते भएका छन्। रोल्पाबाट दाङ तर्फ आउँदै गरेको ना २ ख ५६८२ नम्बरको बस शुक्रवार बिहान ४ वजेतिर दाङ सैघा २ मा दुर्घटना भएको हो।

दुर्घटनामा प्रहरी जवानको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ–पथलैया सडकखण्डमा आज बिहान भएको सडक दुर्घटनामा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प फुलगामा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान विनोदबाबु बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

च्यामासिङमा भएको दुर्घटनामा एकको मृत्यु

गएराति भक्तपुरको च्यामासिंहमा एक मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बस दुर्घटनामा एक जनाकाे मृत्यु

काठमाण्डौबाट नुवाकोटको तारुका तर्फ गईरहेके मिनीबस दुर्घटना हुदाँ  एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

पोर्चुगलको सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

गत बिहीबार  राति भएको कार दुर्घटनमा परी निधन भएका  दुई जना नेपालीहरुको शव नेपाल लगिने भएको छ।

सवारी दुर्घटनामा दुईको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१३ नयाँ ठिमी स्थित बा ८० प ५००८ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ।

बेग्लाबेग्लै दुर्घटनामा मोटरसाइकल सवार चारजनाको मृत्यु

बर्दिया धदवार–६ माथिल्लो बनगाई चोकस्थित महेन्द्र राजमार्गमा ना. ६ ख ६२६७ नम्बरको ट्रकले बुधबार राति रा. १ प ७८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार कतर्निया–३ बस्ने २१ वर्षीय अर्जुन थारु र २२ वर्षीय प्रदिप थारुको घटनास्थलमै मृत्यु भएको छ।

ट्याक्टर दुर्घटनामा मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। बाग्दुलाबाट पुँजा–९ जादै गरेको रा १ च १८९७ नम्वरको ट्याक्टर दुर्घटनामा रजवारा–८ का करिव २२ वर्षीया सिता परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्क्याटर दुर्घटनामा दुईको मृत्यु

मुगु- सुर्खेतबाट खाद्यन्न बोकेर आएको ट्याक्टर मुगु जिल्लाको खत्याड भेग स्थित खमाले गाविसमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

६ सय क्षमताको रेलमा १६ सय यात्रु, दुर्घटनामा कैयौंको ज्यान गयो

सो यात्रुबहाक रेलमा ६ सय जना यात्रु क्षमता भएपनि १६ सय यात्रु चढाइएको बताइएको छ। अत्याधीक भारका कारण उक्त रेलको २२ वटा डिब्बा लिक बाहिर गएकाले दुर्घटना भएको बताइएको छ।

माेटर साइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान जगदीस बडूको मोटरसाइकल दुर्घटनामा गएराति मृत्युभएको छ । कैलालीको गोदावरीबाट धनगढी तर्फ आउँदै गरेको से २ प ५७७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दिलीपसिंह भण्डारीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्