जिप दुर्घटनामा चालकसहित ११ घाइते
तनहुँको वसन्तपुर गाविस-३ मोहरियास्थित भित्री कच्ची सडकबाट गएराति एउटा जिप ६० मिटर तल खसी दुर्घटना हुँदा चालकसहित ११ जना यात्रु घाइते भएका छन् ।
तनहुँको वसन्तपुर गाविस-३ मोहरियास्थित भित्री कच्ची सडकबाट गएराति एउटा जिप ६० मिटर तल खसी दुर्घटना हुँदा चालकसहित ११ जना यात्रु घाइते भएका छन् ।
इटहरी- दसैको सप्तमीको दिन मादकपदार्थ सेवन गरि (असोज २२ गते राति) तिब्र गतिमा मोटरसाइकल कुदाउँदा कोसी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी वडा नं. २४ मा एकै परिवारका दाजुभाईको घटनास्थलमै मृत्यु हुन पुग्यो।
काभ्रेमा भएको बस दुर्घटनामा २ जनाको निधन भएको छ। ११ जना घाइते मध्ये केही गम्भीर छन्। पलाञ्चोक भगवतीबाट बनेपातर्फ आउँदै गरेको मिनि बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो।
धनकुटाको मूलघाटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार साँझ मूलघाटस्थित तमोर नदीको पुलमा ठोक्किएर को१६प ५८७ नंको मोटरसाइकल दुर्घटना हुँदा इटहरी उपमहानगरपालिका–८ का २६ वर्षीय दिलजन खानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भक्तपुरको लोकन्थलीस्थित ६ लेन सडकमा भक्तपुरबाट काठमाडाैंतर्फ जाँदै गरेको एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
धादिङको बैरेनी गाविस– ९ बैरेनी बजारमा मोटरसाइकल दुर्घटनामा हुँदा शसस्त्र प्रहरीका प्रहरी निरीक्षक ध्रुव थापाको मृत्यु भएको छ।
झापाको विर्तामोडस्थित पश्चिम काँटामा आज बिहान करिब भएको दुर्घटनामा ६० जना घाइते भएका छन् । विपरित दिशाबाट आइरहेका ना अ ख १८९८ र ना. अ. ख ६५६१ नं को यात्रुबाह बस एकआपसमा ठेक्किदा बसमा रहेका यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्र्याक्टरबाट खसेर मोरङ राजघाट–५ गुरुङ टोलमा आज दिउँसो एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा इटहरा–३ का २२ वर्षीय सागर धामी थारु रहेको प्रहरीले जनाएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका-२४ सेउती खोलानिर आज बिहान भएको मोटसाइकल दुर्घटनामा एकैघरका दाजुभाइको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको को१६प ७७६८ नंको मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा हेटौडामा करिब ६५ यात्रु घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको ना ५ ख ४०९६ नम्बरको यात्रुबाहक बस र विराटनगरबाट नेपालगन्जतर्फ गइरहेको ना ४ ख ४३४३ नम्बरको अर्को यात्रुबाहक बस आज बिहान ४ः४५ बजे हेटौँडा नारायणगन्ज सडकखण्डको रमनटारमा एकापसमा ठोक्किदा ती यात्रु घाइते भएका हुन् ।
नवलपरासीको परासी भुमही सडकखण्डअन्तर्गत रामग्राम–१२ पचगाउँमा गएराति भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।
तनहुँको ब्यास नगरपालिका–१ अम्रेनीमा बिहीबार ग१ख ४१५३ नं को बस दुर्घटना हुँदा ५० जना यात्रु घाइते भएका छन् । मुग्लिनबाट दमौली आउँदै गरेको उक्त बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
भुत र आत्माको किस्सा त तपाईंले सुन्नु नै भएको होला ! तर अहिले यस्तो भिडियो भाइरल भएको छ, जसमा एक युवतीको आत्मा युवतीको मृत्युपछि तत्काल मृत शरीरबाट बाहिर निस्कन्छ। सो भिडियो अहिले निकै भाइरल बनेको छ।
रुपन्देही सालझण्डी–७ पिपलडाडा स्थित महेन्द्र राजमार्गमा लु.१ ख ९२०८ नम्बरको बसले लु.६ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
काठमार्डाैँबाट बागलुङको बुर्तिवाङतर्फ गइरहेको ग१ख ६१६९ नंको यात्रुबाहक बस आज बिहान ५ः३० बजे पोखरा–२७ याम्दीको पुल नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।