जीप दुर्घटनामा तीनको मृत्यु
गएराती धनकुटाको फाक्सिव गाविस स्थित लेउतीटारमा ल्याण्डरोभर जीप भीरबाट खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। ७ जना घाइते भएका छन्।
गएराती धनकुटाको फाक्सिव गाविस स्थित लेउतीटारमा ल्याण्डरोभर जीप भीरबाट खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। ७ जना घाइते भएका छन्।
बुटवलबाट पाल्पाको रामपुरतर्फ जा“दै गरेको ना ४ ख ९२१८ नम्बरको रात्री बस पाल्पा सिलुवा–४ बैछापमा दुर्घटना हु“दा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।
चिसोसँगै परेको सितमा चिप्लिए मेची राजमार्गमा सवारी दुर्घटना हुँदा गम्भिर घाईते आठ जना मध्ये एक जनाको मृत्यु भएको छ। ताप्लेजुङबाट झापाको विर्तामोडका लागि छुटेको जिप पाँचथरको फिदिम–३ मा दुर्घटना हुँदा आठ जना घाईते भएका भएका थिए।
बिराटनगर–३ बिजुली अफिस नजिक को १ त ६५८४ नंबरको ट्याक्टरले शुक्रबार को ११ प ५६८१ नंबरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मोरङ बिराटनगर–८ बस्ने ३५ बर्षीय मनिष दुगडको मृत्यु भएको हो।
मोरङको विराटनगरस्थित विद्युत् प्राधिकरण कार्यालय नजिकै आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बेग्लाबेग्लै दुर्घटनामा २ जनाको ज्यान गएको छ। ढिमे–१ दमडाढा स्थित भे.१ त ५७०७ नम्बरको ट्याक्टर बिहीबार सडकदेखि करिव ३० मिटर तल खस्दा बर्दिया मोतिपुर नगरपालिका–४ बस्ने २६ बर्षीय ट्याक्टर साहु हरि बहादुर पुनको घटनास्थालमै मृत्यु भएको छ।
रामेछापको पकरबास गाविस– ६ ढुंगेल गाउँको उकालोमा बुधबार राति भएको मिनीट्रक दुर्घटनामा २ जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते बनेका छन। जिल्लामा बुधबार नै भएको दुइ सवारी दुर्घटनामा ४ को ज्यान गएको छ ।
मन्थली नगरपालिका–१ मक्षेडाँडी स्थित सडक खण्डमा ना.१ अ ५७ नम्बरको टिपर बुधबार सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटना हुदाँ सिन्धुली भद्रकाली–८ बस्ने १८ बर्षीय रमेश बम्जन र मोहन खडकाको मृत्यु भएको छ।
महोत्तरी जिल्लाको जलेश्वर मटिहानी सडकखण्ड अन्तर्गत बहुअर्वा चोकमा गएराति मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी हबल्दारको मृत्यु भएको छ ।
मन्थली नगरपालिका– १ को सुकाजोर खोला पुल नजिकै बुधबार विहान भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
रौतहटको भलोहीया-३ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १९ वर्षीय दिलीप महतो र ३० वर्षीय देवेन्द्र तिवारी छन्। ना२च ८४१२ नम्बरको उक्त ट्याक्टर बाक्लो हुस्सुका कारण रोडबाट दस फिट तल खाल्डोमा झरेको प्रहरीले जनाएको छ।
अघिल्लो साँझ यहाँ जीप दुर्घटना हुँदा मालिककै निधन भएपछि घाइतेहरुको उपचारमा समस्या परेको छ। दुर्घटनामा घाइतेहरुको उपचार खर्च गाडी मालिकले व्यहोर्ने परम्परा रहेकोमा मालिककै निधन भएपछि उपचारमा आर्थिक समस्या परेको आफन्तले बताएका छन्।
जिल्लाको पश्चिमी गाविस हर्देनीमा जीप दुर्घटना हुँदा २ जनाको निधन भएको छ भने ७ जना गम्भीर घाईते भएका छन्। कटारी बजारदेखि पहाडी गाविस हर्देनीको गहुँबारीतर्फ जाँदै गरेको स १ ज ३०९ नम्बरको बोलेरो जीप हर्देनी र गहुँबारीको बीचमा भीरमा साँझ ६ बजे दुर्घटना हुँदा हर्देनी ४ का जीप सञ्चालक ३४ वर्षीय टंक बस्नेत र हर्देनी १ की ३२ वर्षीय भिमकुमारी राउतको घट्नास्थलमै निधन भएको स्थानीयले बताएका छन्।
बन्दीपोखरा–८ सम्मोबारी पाल्पामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बिहीबार दिउँसो लु १ ज १६८९ नम्बरको जीपसँग लु २० प ३९२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
भेनेजुएलाको एमाजोनस् राज्यको पुएर्टो एयाकुचो र ला इस्मेराल्डाबीच उडिरहेको एक सैनिक हेलिकोप्टर गत डिसेम्बर ३० मा दुर्घटनाग्रस्त भएको स्थानीय सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन्।