१ मंसिर २०८१ शनिबार
image/svg+xml

बस दुर्घटनामा एकको मृत्यु, चार जना गम्भीर घाइते

शुक्रबार राति तनहुँको म्याग्दे ६ अकलामा बस दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ४ जना यात्रु गम्भीर घाइते भएका छन् ।

जीप दुर्घटनामा नवदम्पती प्रहरी निरीक्षकसहित सातको मृत्यु

पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुम सदरमुकाम मुसीकोट खलंगा आउँदै गरेको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । ग१ज ४२६० नं. को जीप मुसीकोट नगरपालिका वडा नं. ६ कालिमाटिमा दुर्घटना भएको हो ।

पर्वतको पञ्चासेमा बस दुर्घटनामा, एक यात्रुको मृत्यु, ३० बढी घाईते (अपडेट)

सतबिज छरेर फर्किंदै गरेका यात्रु चढेको बस दुर्घटनामा परेको छ। पञ्चासेमा आज सतबिज छरेर फर्केका यात्रु बोकेको ध१ख ८७ नम्बरको बस दुर्घटनामा परेको जनाएको छ।

जीप दुर्घटनामा एकको मृत्यु, छ जना गम्भीर घाइते

बुधबार राति रेसुङ्गा नगपालिका ४ अर्खलेमा भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । मलामी वोकर फर्कदै गरेको लु १ ज १५२१ नम्बरको जिप दुर्घटना हुदाँ कपिलवस्तु वाणगगाँ ८ का ५५ वर्षीय रुद्र बहादुर ढेगाको मृत्यु भएको हो ।

ट्रक दुर्घटनामा एकको मृत्यु

जिल्लाको रोङ गाउँपालिका–४, कोल्बुङस्थित मेची राजमार्गमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । झापाको बिर्तामोडबाट रोलर बोकेर इलाम आउँदै गरेको ना.४ ख ३६९ नम्बरको ट्रक राजमार्गबाट करिब अढाई सय मिटर खस्दा रोलरका चालक पाँचथरको लुङरुपा घर भएका भीम नेम्बाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कंगोमा रेल दुर्घटनामा ३४ जनाको मृत्यु

दक्षिण पूर्वी कंगोमा आइतबार साँझ भएको एक रेल दुर्घटनामा परी कम्तीमा पनि ३४ जनाको ज्यान गएको समाचार छ। गुडिरहेको रेलले लिग छोडेर बाहिर निस्किँदा भएको उक्त दुर्घटनामा परी अरु कम्तीमा पनि २६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ।

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। सोमबार बिहान सत्यवती गाउँपालिका ६ बाट उल्लीखोलातर्फ जाँदै गरेको लु २ त १८१७ नम्बरको ट्रयाक्टर खैरेनीमा दुर्घटना हुँदा हरिसकुमार शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

बस दुर्घटनामा २७ जना घाइते

बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन्।

एम्बुलेन्स दुर्घटनामा चालकको निधन

तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबीसेमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरि घर भएका चालक सन्दीप भारतीको मृत्यु भएको छ।

हेलिकप्टर दुर्घटनामा साउदी अरेबियाका राजकुमारको मृत्यु

साउदी अरेबियाका राजकुमार मनसुर बिन मुक्रिनको हेलिकप्टर दुर्घटना परी मृत्यु भएको छ।  यमनको सीमा नजिकै हेलिकप्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दुर्घटनामा परी राजकुमार सँगै अन्य ८ जनाको मृत्यु भएको छ । हेलिकप्टरमा सवार अन्य ब्यक्तिहरू पनि सरकारी अधिकारी भएको साउदी अरबियाका सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

माइक्रो दुर्घटनामा १४ घाइते

मेची राजमार्गस्थित इलाम नगरपालिकाको गोदकमा गएराति भएको हायस माइक्रो दुर्घटनामा १४ जना घाइते भएका छन् ।

गाडी दुर्घटनामा १९ जनाको मृत्यु

दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएका सवारी दुर्घटनामा १९ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । गुल्मीको दरबार गाउँपालिका–४ मा भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ भने उदयपुरको कटारी नगरपालिका–११ मा जिप सडकबाट खस्दा नौजनाले ज्यान गुमाएका छन्।  बुटवलबाट गुल्मी सदरमुकाम तम्घासका लागि बिहान ९ बजे छुटेको बा४ख ५५०१ नम्बरको हाइस (माइक्रो बस) दरबार–४ बिरवासनजिकै दिउँसो २ बजेतिर दुर्घटनामा पर्दा चालक रेसुंगा नगरपालिका–१० का भीमबहादुर घर्तीसहित १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

महोत्तरी जिल्लाको भिट्ठामोड–जलेश्वर–जनकपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ कुर्था गाउँबस्ने रामशरण महासेठका छोरा २५ वर्षीय जितेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले बताए।

दुर्घटनामा एकै परिवारका ६ को ज्यान गयाे

छठको उल्लास सकिएको २४ घन्टा नबित्दै सप्तरी शोकमा डुबेको छ । सदरमुकाम राजविराजबाट राजधानी काठमाडौंका लागि गुडेको यात्रुबस शनिबार बिहान त्रिशूली नदीमा खसेर ३१ जनाको मृत्यु भएपछि सप्तरी शोकमा डुबेको हो । मृतकमध्ये धेरै सप्तरीका छन् । छठ पर्व मनाएर कर्म क्षेत्र राजधानी फर्कदै गरेका आफन्त दुर्घटनामा परेको खबरलगत्तै परिवारमा रुवावासी चलेको छ।

धादिङ बस दुर्घटनामा मृतकको संख्या ३० पुग्यो (अपडेट)

त्रिशुली नदीमा भएको वस दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ। मृतक मध्ये ९ जना महिला र ११ जना पुरुष ६ जना बालक र ३ जना बालिका रहेको धादिङ प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिए। मृतक मध्ये १२ जनाको सनाखत भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्