१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै डा. केसी अनशनमा

चिकित्शा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह गर्दै आएका डा. गोविन्द केसी पुन अनशन बसेका छन्। डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै १४ औं पटक अनशन बसेका हुन्।

युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेविसंघ

युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री शेरबहादुर देउवासामु आठ बुँदे ज्ञापन पत्र बुझाएका छन् । सोमबार नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान–२०७२ को भाग ३ को धारा ३५ ले व्यवस्था गरेको मौलिक हकअन्तर्गत नियमित विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न माग गरेको हो ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै डा. केसीको १४ औं अनशन

चिकित्शा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह गर्दै आएका डा. गोविन्द केसी पुन अनशन बस्ने भएका छन्। डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै १४ औं पटक अनशन बस्न लागेका हुन्।

राजधानी माग्दै गरिएको जुम्लाकोे आन्दोलन स्थगित

६ नम्वर प्रदेशको राजधानी कर्णालीमै हुनु पर्ने माग गर्दै एक साता देखि शुरु भएको आन्दोलन केहि दिनका लागि रोकिएको छ। सरकारले तत्काल अस्थायी राजधानी नतोक्ने निर्णय गरिसकेकोले ६ नम्वर प्रदेश सभा सदस्यहरु संग अनौपचारीक रुपमा वकालत गर्ने निर्णय सहित आन्दोलन स्थगित भएको नागरिक समाज जुम्लाका सचिव सरोज शाहीले जानकारी दिए।

सर्वोच्च र उच्च अदालतमा महिला मुख्य न्यायाधीश बनाउन माग

नेपाल बार एशोसिएशन महिला समितिले सर्वोच्च अदालत न्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीश महिलालाई नियुक्ति गर्न माग गरेको छ। बारका महिला समितिका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको नेतृत्वमा आइतबार गएको समूहले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष ज्ञापनपत्र बुझाउँदै न्यायाधीश नियुक्ति गर्दा संवैधानिक व्यवस्थाअनुसार समानुपातिक र समावेशीतालाई ध्यान दिन माग गरिएको हो।

जुम्लामा राजधानी माग गर्दै काठमाडौंमा आन्दोलन गर्ने चेतावनी

६ नम्वर प्रदेशको राजधानी कर्णालीमै हुनु पर्ने माग राख्दै थालिएको आन्दोलन जुम्लामा पेचिलो बन्दै गएको छ। संघीयताको मर्मले दुर्गम र पिछडिएका क्षेत्रमा सेवा सुविधा उपलव्ध गराउने भएपनि नेपालका सुविधामुखी राजनैतिक दलका कारण माथि उस्कन नसकेको भन्दै राजधानी कर्णालीमै हुनको लागि निरन्तर आन्दोलन भईरहेको हो।

‘प्रदेशको राजधानी’ माग्दै वीरगन्जमा चक्का जाम

प्रदेश नं २ को राजधानी यहाँ बनाउनु पर्ने माग गर्दै वीरगन्जमा सुरु भएको चरणबद्ध आन्दोलनको पहिलो चरणको कार्यक्रमअन्तर्गत शनिबार वीरगन्जमा ३० मिनेट चक्काजाम गरिएको छ । यसअघि जुलुस प्रर्दशन र रिले अनसन गरिएकोमा शनिबार चक्काजाम थपिएको आन्दोलनका अगुवा श्याम पटेलले बताए ।

सत्य निरूपण आयोगको म्याद नथप्न माग

द्वन्द्वपीडित साझा चौतारीले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थपबारे पुनर्विचार गर्न माग गरेको छ। संक्रमणकालीन न्यायका सम्बन्धमा आएका सवाल एवं चुनौतीको सम्बोधन नगरी सरकारले केबल आयोगको म्याद थप्ने मात्रै काम गरेको चौतारीको भनाइ छ।

राजधानी माग्दै जुम्लामा सिट्ठी जुलुस

कर्णालीमा राजधानी हुनु पर्ने माग गर्दै थालिएको आन्दोनको तेस्रो दिन जुम्लामा सिट्ठी जुलुस निकालिएको छ । पहिलो दिन विरोध प्रदर्शन, दोस्रो दिन राके जुलुस गरिएकोमा तेस्रो दिन सिट्ठी जुलुस मार्फत राज्यको ध्यानाकर्षण गरिएको हो । नागरिक समाज जुम्लाको अगुवाईमा सिट्ठी जुलुस निकालिएको हो । आन्दोलनका विभिन्न रुप अपनाउँदै राज्यको ध्यान केन्द्रित गर्न खोजिएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जानकारी दिए।

प्रदेशको राजधानी माग्दै वीरगन्जमा आन्दोलन

प्रदेश नं २ को राजधानी यहाँ बनाउनु पर्ने माग गर्दै वीरगन्जमा सुरु भएको चरणबद्ध आन्दोलनको पहिलो चरणको कार्यक्रम अन्तर्गत शनिवार वीरगन्जमा ३० मिनेट चक्काजाम गरिएको छ। यसअघि जुलुस प्रर्दशन र रिले अनसन गरिएकोमा शनिवार चक्काजाम थपिएको आन्दोलनका एक जना अगुवा श्याम पटेलले बताए।

फिल्म खेल्न ऐश्वर्याले मागिन १० करोड

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले नयाँ फिल्म खेल्न १० करोड पारिश्रमिक मागेकी छन्। १९६७ मा प्रदर्शनमा आएको फिल्म ‘रात र दिन’को रिमेक फिल्ममा नरगिस दत्तको भूमिका निर्वाह गर्न ऐश्वर्याले १० करोड पारिश्रमिक मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

थारु सांसद माग गर्दै आयोगमा निवेदन दर्ता

प्रदेश नम्बर २ मा थारु प्रतिनिधिको माग गर्दै माओवादीका थारु नेताहरुले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । उनीहरुले प्रदेश नम्बर २ मा थारुहरु प्रतिनिधिहरु शून्य हुनेगरी पार्टीले प्रतिनिधि चयन गरेको भन्दै निवेदन दर्ता गराएका हुन् ।

राजधानी माग गर्दै वीरगन्जमा अनशन

प्रदेश नम्बर २ को राजधानी वीरगन्ज तोक्न माग राखेर पर्सा र बारामा क्रियाशील विभिन्न दलका नेता तथा नागरिक समाजका अगुवा रिले अनशनमा बसेका छन् । वीरगन्जमा शुक्रबारदेखि रिले अनशन सुरु गरिएको हो ।

पौडेलका हत्यारालाई कारवाही गर्न युवा संघको माग

युवा संघ नेपालले रुपन्देहीमा गोली हानी हत्या गरिएका युवा संघ रुपन्देही क्षेत्र नं १ का पूर्वकोषाध्यक्ष वसन्त पौडेलको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ। संघका महासचिव किरण पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै हत्यारालाई कानूनी दायरामा ल्याउन माग गरेका छन।

मतपरिमाण सार्वजनिकको माग गर्दै युवा विद्यार्थी बहसमा

प्रतिनिधिसभाको समानुपातिकतर्फको मत सार्वजनिक गर्नुपर्ने माग राख्दै युवा–विद्यार्थीले सडकमा नै बहस गरेका छन् । एमाले र माओवादी केन्द्र निकटका युवा तथा विद्यार्थी संगठनले निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको मत सार्वजनिक गर्न ढिलासुस्ती गरेको भन्दै सडक बहस गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्