२३ वैशाख २०८१ आइतबार
image/svg+xml

जंगलमा डढेलो: विनाश हुँदै पक्षी वंश

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै ४ सय ५० प्रजातिका चरा पाउने गरेको सुदूरपश्चिमका तराई तथा पहाडी जंगलमा ६ सयभन्दा बढी प्रजातिका चराचुरुङ्गीको बसोबास रहेको छ। पन्छीहरूले जंगलमा गुँड लगाउने, बच्चा कोरल्ने, बच्चालाई उडाउन सिकाउने, चर्न सिकाउने समय यही हो। हो, यही समयमा अहिले सुदूरपश्चिमको जंगलमा डढेलो सल्केको छ। दिन दुई गुणा रात चार गुणाका हिसाबले यहाँको वन सखाप हुँदैछ। डढेलोमा परेर बंश विस्तारका लागि गुँड लगाएका चरा चुरुङ्गी नासिन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्