आन्तरिक झमेलाले खस्किँदै संस्कृत विश्वविद्यालय
पछिलो समय संस्कृत शिक्षा कमजोर बन्दै गएको छ। विगतमा रहेको विद्यार्थीको चाप पछिलो समय घट्दै जानुको मुख्य कारण नेपाल संस्कृत विश्वविद्यालयभित्र बढ्दै गएको अनियमितताबारेको विवाद हो।
पछिलो समय संस्कृत शिक्षा कमजोर बन्दै गएको छ। विगतमा रहेको विद्यार्थीको चाप पछिलो समय घट्दै जानुको मुख्य कारण नेपाल संस्कृत विश्वविद्यालयभित्र बढ्दै गएको अनियमितताबारेको विवाद हो।
काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कुल संस्कृत माध्यमिक विद्यालयका कक्षा १० का लोमस सिग्देल आफूले संस्कृत विषय रोजेकामा निकै सन्तुष्ट छन्।
उपाध्याय ब्राह्मणका छोरालाई भोजनवृत्ति व्यवस्थासहितको अध्ययन केन्द्रका रूपमा तीनधारा पाकशाला स्थापना भएको थियो। यसरी ५४ ब्राह्मणको ठाउँमा १९४३ सालमा धीरशमशेरको सङ्कल्प अनुसार १०८ ब्राह्मण बटु (बालक)लाई भोजन छात्रवृत्तिको व्यवस्था गरे। सो सम्बन्धको लिखित दस्तावेज ताम्रपत्रका रूपमा अद्यापि तीनधारा पाकशालामा सुरक्षित छ।