५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेयको निधन

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को मृत्यु भएको छ।

हिउँमा बलिरहेको प्रकृति

कागबेनीदेखि उकालो लाग्दै गर्दा मान्छेलाई मात्र नभई गाडीलाई पनि लेक लाग्दो रहेछ। मान्छेले अक्सिजन नपुगेर जति नै छिटो पाइला बढाउन खोजे पनि नसकेझैं गाडीको जति नै एक्सिलेटर दबाए पनि छरितो गति नहुने रहेछ।

उच्च अदालत तुलसीपुरको आदेशपछि पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य स्थगित

तानसेन नगरपालिकाले हिजोबाट शुरु गरेको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न उच्च अदालत तुलसीपुर बुटवलले आदेश जारी गरेको छ।

रेचेघाटमा पक्की पुल निर्माण

पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका-६ र पूर्वखोला गाउँपालिका-१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ।

रुपन्देहीको देवदहमा श्रीमान्-श्रीमती घरभित्रै मृत फेला

बोलिन्द्र केही समय पहिले वैदेशिक रोजगारीबाट फर्केका थिए। सोमबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। घटना स्थलको प्रकृति हेर्दा हत्या गरी आत्महत्या जस्तो देखिएपनि थप अनुसन्धान अगाडि बढाइएको डीएसपी केसीले बताए।

कालिगण्डकीमा र्‍याफ्टिङ सुरु भएसँगै बढे आन्तरिक पर्यटक

कोभिड १९ का कारण करिब दुई वर्ष थलिएको पर्यटनलाई तङ्ग्राउन र्‍याफ्टिङले आकर्षित गरेको रानीमहल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु पौडेल बताउँछन्। उनीहरुले पछिल्लो समय कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय विस्तारै उठ्न थालेको र आम नागरिकहरु पनि यस्ता रोचक स्थानको भ्रमण गर्न मन पराउने गरेको बताए।

शैक्षिक क्षेत्रमा नौलो आयामको सुरुआत गर्दै पाल्पाको ‘गङ्गा मावि’

बालबालिकाको खेल संस्कार विकास गर्न र उनीहरूलाई समयानुकूलको शिक्षा प्रदान गर्न पाल्पाकै नमूना विद्यालयका रूपमा रहेको रामपुर नगरपालिका–८ स्थित गङ्गा माविमा सो अभ्यासको थालनी भएको छ।

पर्यटकलाई लोभ्याउँदै पाल्पाको तालपोखरा

पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ। विदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाइमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको संख्यमासमेत वृद्धि हुँदै जान थालेको हो।

पाल्पामा फस्टायो ढाकाको व्यापार

'पहिला–पहिला पाल्पाली ढाका भनेपछि टोपीमात्र चिनिन्थ्यो, अहिले महिला, पुरुष, बालबालिका सबैका लागि थरिथरिका उत्पादन हुन थालेका छन्।' तानसेनमा ढाकाको व्यापार गर्दै आएकी ज्ञानु कार्की भन्छिन्, 'बच्चादेखि वृद्धसम्मलाई शिरदेखि पाउसम्मका सामग्री ढाकाबाट बन्ने गरेका छन्।'

रामपुर नगरपालिकामा छैन नागरिक वडापत्र

पारदर्शिता प्रवद्र्धन र सुशासन कायम राख्नका लागि नागरिक वडापत्र महत्वपूर्ण औजार मानिन्छ तर पाल्पाको रामपुर नगरपालिका कार्यालयमा भने नागरिक वडापत्र देखिँदैन।

मादल बनाउने पेसा धान्दै ‘रामबहादुर’

पाल्पाको रामपुर नगरपालिका– ८ स्थित कटहरटार बस्ने रामबहादुर उमेरले ५९ वर्षमा लागे, मादल बनाउने मोह उनको जवानी अवस्थाकै छ। पिँढीमा बसेर मादल बनाउने र विभिन्न ठाउँमा पुगेर बेच्ने गर्छन्। उनी भन्छिन्, ‘कपाल दाह्री फूल्यो तर मादल बनाउने मोह घटेन, मादल बनाएरै बुढ्यौली टेकिएछ, यसमै तल्लिन रहेर काम गर्दा उमेर बढ्दै गएको पत्तो पाइएन, यसरी नै जीवन वितिरहेछ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्