१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढ्दो

सप्तकोशी नदीमा शुक्रबार विहानदेखि निरन्तर पानीको बहाव बढ्दो छ। साँझ छ बजेको मापन अनुसार पानीको बहाव एक लाख ५४ हजार ३२५ क्यूसेक प्रतिसेकेन्ड पुगेको छ।

सप्तकोसीमा स्टिमरले पर्यटक बढे

प्रधानमन्त्री केपी ओलीले पानीजहाज चलाएर सस्तो यातायातको व्यवस्था गर्ने घोषणा गरे। तर पानीजहाज सञ्चालनका लागि हालसम्म देशका कुनै नदीमा सम्भाव्यता अध्ययन भएको छैन। न डिपिआर तयार भएको छ न सरकारले पानीजहाजका लागि पूर्वाधार नै बनाएको छ।

पर्यटक तान्दै सप्तकोसीको स्टिमर

सप्तकोसीमा सञ्चालित स्टिमर(मोटरबोट) आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। शनिबार र विदाका दिनमा यहाँ स्टिमर चढेर रमाउन आउने पर्यटकको लर्को नै लाग्ने गरेको छ।

' कहिल्यै निको नहुने घाउ'

एघार वर्षअघि पूर्वी तटबन्ध भत्काएर बस्तीमा पसेको सप्तकोसी नदीले फेरि कुनै पनि बेला बिनाशलिला मच्याउन सक्ने त्रासमा छिन् कोसी गाउँपालिका ३ कि ६० वर्षीया तिलेश्वरी यादव। हरेक वर्ष बर्खा लागेपछि नदीहरूमा पानीको बहाव बढ्नु स्वाभाविकै हो तर सप्तकोसी नदीमा पानी बढ्नासाथ उनी चिन्तित हुन्छिन्।

मुआब्जा माग्दै कोसी बाँधमा अनशन

सुनसरीमा पर्ने साबिकको बराहक्षेत्र गाविस–९ निवासी नारायण मुखियाको जग्गा सप्तकोसीको मुख्य भँगालोमा पर्छ । उनको करिब १५ बिघा जग्गामा वर्षौंदेखि सप्तकोसी बगिरहेको छ । मुआब्जाको आशामा उनले थुप्रै वर्ष बिताइसके । कैयौंपटक सम्बन्धित निकाय धाए पनि उनका लागि हात लाग्यो शून्य भनेझै भएको छ ।

सप्तकोसीमा पानीको बहाव बढ्दै

सप्तकोसी नदीमा शनिबार दिउँसो पानी बहाव दुई लाख ४६ हजार १३५ क्यूसेक पुगेको छ। नदीमा दुई दिनयता निरन्तर पानीको बहाव बढ्दो क्रममा छ।

सप्तकोसीमा मिनी पानी जहाज

उदयपुर र सुनसरीको सीमानास्थल चतारास्थित सप्तकोसीमा मिनी पानीजहाज (जेटबोट) सञ्चालनमा ल्याइएको छ। हिन्दु नेपालीको महत्वपूर्ण चाड दसैं तिहारमा आउजाउ सहज बनाउने उद्देश्यले उदयपुर, सुनसरी, भोजपुर, खोटाङ र धनुकुटालाई समेत पायक पर्नेगरी चतराघाटमा मिनी पानीजहाज सञ्चालनमा ल्याइएको हो।

कोसीकाे बाढीले ५ सय घर डुबानमा

सप्तकोसीमा आएको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन्।

सप्तकोसीमा पानीको बहाव यस बर्षकै उच्च

सप्तकोसी नदीमा यस बर्षकै उच्च पानीको बहाव पुगेको छ। शुक्रबार दिउँसो ४ बजेको मापन अनुसार पानीको बहाव बढेर २ लाख ६७ हजार ८५० क्यूसेक पुगेको छ। दुई दिनदेखि यता सप्तकोसीमा पानीको वहाव निरन्तर बढ्दो छ।

बराहक्षेत्र सप्तकोसी कटानको उच्च जोखिममा

हिन्दूहरुको आस्थाको महत्वपूर्ण धार्मिक तीर्थस्थल बराहक्षेत्र लामो समयदेखि सप्तकोसी नदीमा आउने बाढीको तीव्र कटानले उच्च जोखिममा परेको भन्दै स्थानीयवासीले मन्दिरको दीर्घकालीन सुरक्षा र संरक्षणका लागि राज्यको ध्यानाकर्षण गराउँदै आएका छन् । यही विषयमा सुनसरी सदरमुकाम इनरुवामा भएको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा पनि यो विषयले विशेष प्राथमिकता पाएको थियो।

सप्तकोसीमा बगेकी बालिका मृत फेला

सुनसरीको बराह नगरपालिका–१ निवासी पूर्ण तामाङकी ९ वर्षीया छोरी प्रकृति तामाङ बुधबार दिउँसो २:३० बजेतिर सप्तकोसी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा ४:१५ बजे बगेको स्थानदेखि दुईसय मिटर दक्षिणमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

सप्तकोसी नदी आसपास क्षेत्रमा उच्च सतर्कता

सुनसरी जिल्लास्थित सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका स्याक्सीलास्थित अरुण नदीमा पहिरो झरेर नदी थुनिएर २ दशमलव ५ किलोमिटरको ताल बनेका कारण सुनसरी सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

सप्तकोसीमा एक जना युवा डुबेर बेपत्ता

सप्तकोसी नदीमा आज दिउँसो नुहाउने क्रममा एक युवा डुबेर वेपत्ता भएका छन्। सुनसरी बराहक्षेत्र–१ स्थित सुनसरी–मोरङ सिचाईं आयोजनाको मुल नहरको मुहानको दक्षिणपट्टीको सप्तकोसीको सानो भंगालोमा नुहाउँदा महेन्द्रनगर– ९ का २६ वर्षीय देवराज सुवेदी डुबेर बेपत्ता भएकाका हुन्।

सप्तकोसीमा अझै १० जना बेपत्ता, खोजी कार्य जारी

सप्तकोसीको मुल भंगालोमा शनिबार डुंगा डुब्दा अझै १० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। डुंगा डुबेलगतै ३७ जनाको उद्दार गरिएपनि अझैसम्म १० जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो। सुनसरीकै श्रीलंका टापुबाट कोसी पूर्वको प्रकाशपुर आउने क्रममा शनिबार ११.४५ बजे डुंगा डुबेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्