७ माघ २०८२ बुधबार
image/svg+xml

उपमहासचिव भट्टराईको दाबी : ओलीले भदौ २३ मै राजीनामा दिएको भए संसद् बच्थ्यो

तत्कालीन सरकारले आन्दोलनरत पक्षसँग वार्ताका लागि देखाएको उदासीनताले समेत घटना उत्तेजित हुन पुगेको उनको ठम्याइ छ। ताप्लेजुङबाट आफू पनि प्रतिनिधिसभाको उम्मेदवार बन्न इच्छुक रहे पनि पार्टीले युवा नेता थेबेलाई चयन गरेकोले चयन भएका उम्मेदवार अब एमालेको साझा उम्मेदवारको रूपमा हुने भट्टराईले बताए।

झापाबाट ओलीले भने: आगजनी गर्नेहरूको सरकार छ, कारबाही गर्ने समय आउँछ

‘आन्दोलनको नाममा कसैको घर जगाउन पाइँदैन। त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने हो,’ ओलीले भने, ‘तर, सरकार उनीहरूकै हो सायद। कारबाही भएको छैन।’

‘कङ्क्रिट सडक दीर्घकालीन रूपमा भरपर्दाे’

वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक निर्माणमा स्वदेशमा नै उत्पादन हुने सिमेन्टलाई प्रवर्धन गर्दै आयातित अलकत्राको प्रयोग घटाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

भारत-बांग्लादेश तनाव : निर्वाचनअघि दिल्लीले दूतावास कर्मचारीका परिवार फिर्ता बोलायो

यो निर्णय बांग्लादेशमा संसदीय चुनाव नजिकिँदै गर्दा आएको छ। मतदान अगाडि अल्पसंख्यक हिन्दुविरुद्ध हिंसाका घटनाहरू बढेका छन्। चुनावमा भारत विरोधी बयानबाजी पनि लोकप्रिय छ।

साफ फुटसल च्याम्पियनसिप : नेपाल श्रीलंकासँग खेल्दै

बुधबार खेल थाइल्यान्डको बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा बेलुका ५ बजेदेखि सुरु हुनेछ। नेपालले पहिलो खेल श्रीलंकासँग २-२ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ५-० ले पराजित गरेको थियो।

बालकदेखि वृद्धलाई भेट्दै बालेन (तस्बिरहरू)

उम्मेदवारी दर्तासँगै देशभर आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भएको छ। यस पटक सर्वाधिक चर्चामा रहेको क्षेत्र झापा-५ हो। त्यहाँबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा नेता बालेन शाह चुनावी मैदानमा छन्।

हराउँदै सुदूरपश्चिमली लोककथा

डोटी, अछाम, बैतडी, डडेल्धुरा, दार्चुला, बाजुरा, बझाङ, कैलाली र कञ्चनपुर क्षेत्रमा बोलिने डोटेली र थारु भाषाहरूमा कथा ‘हाल्ने’ मौलिक परम्परा थियो।

हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले परिष्कृत कांग्रेस मार्फत समुन्नत देश निर्माणका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

म्याग्दी प्रशासनकाे हतियार बुझाउने निर्देशन

जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै शान्तिसुरक्षाका लागि इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।

ट्रम्प सवार विमान बिचबाटै फर्कियो

हाल एयर फोर्स वानको रूपमा प्रयोग हुने दुई विमानले करिब चार दशकदेखि उडान भर्दै आएका छन्। बोइङले प्रतिस्थापन विमानमा काम गरिरहेको छ। तर कार्यक्रममा निकै ढिलाइ भएको छ। यी विमानहरूमा विकिरण संरक्षण, क्षेप्यास्त्र प्रतिरोधी प्रविधि, आपतकालीन बाँच्ने क्षमता र विश्वभरबाट आदेश दिने सञ्चार प्रणाली जडान गरिएका हुन्छन्।

एमाले छोडेर बालेनलाई जिताउने अभियानमा लागे युवा संघका नेता

खतिवडाले सामाजिक सञ्जालमार्फत पार्टी र संगठनका सबै जिम्मेवारीबाट अलग हुने निर्णय गरेको बताएका छन्। उनले परिवर्तनलाई आत्मसात् गर्दै अब स्वतन्त्र राजनीतिक जीवन बिताउने उल्लेख गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन : आज योग्यता नपुगेका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

आज दिउँसो ३ बजेदेखि यही माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरिनेछ। माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।

विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’ मा हरिवंशको ‘भूठान’

चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ।

शान्तिको सार्वभौमिक मूल्य

शान्ति मानव सभ्यताको आधारस्तम्भ हो। मानव इतिहासका सबै उतारचढाव, युद्ध, क्रान्ति र परिवर्तनबिच पनि शान्तिको खोज कहिल्यै समाप्त भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्