४ कार्तिक २०८३ बुधबार
image/svg+xml

जन्तरमन्तर प्रकरण : सौरभ र आशुतोष छुटे, नेहाको सुनुवाइ कहिले ?

बुधबार हिरासत अवधि सकिएपछि दुवैलाई विशेष कार्यकारी मजिस्ट्रेटसमक्ष उपस्थित गराइएको थियो। अदालतले उनीहरूलाई जमानतमा रिहा गर्न आदेश दिएको हो।

विजया दशमीको दिन आज: टीका–जमराको उल्लासबीच बाढीपीडाको सम्झना, कसरी बित्यो आजको दिन ?

रातो टीका र पहेँलो जमरा सजिएका निधार, परिवारका सदस्यसँगका सामूहिक तस्बिर र आशीर्वाद लिँदै गरेका दृश्यले सामाजिक सञ्जाल भरिए।

राष्ट्रसंघीय शान्ति मिसन : कंगोमा खटिएका लेफ्टिनेन्ट कर्णेल थापाको चर्चा किन ?

थापाले महिला, शान्ति तथा सुरक्षा एजेन्डालाई सैन्य अभियानकै अभिन्न अंगका रूपमा अघि बढाएका थिए। महिला सैनिकलाई परम्परागत रूपमा पुरुषको भूमिका बढी रहने जिम्मेवारीमा समेत सहभागी गराइएको थियो।

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि यसवर्ष जीवित देवी कुमारी दर्शन गराउने परम्पराले निरन्तरता पाएको छ ।

६ वर्षपछि राजपरिवारसँग सम्बन्ध सुधार्न चाहेका ह्यारी के भन्छन् ?

उनले संसारमा भइरहेका घटनाका बिच परिवारसँग मेलमिलाप गर्नु महत्त्वपूर्ण रहेको बताए। विगतका घटनाले मनमा चोट पुर्‍याए पनि तिनलाई बिर्सेर अघि बढ्न सबैले प्रयास गर्नुपर्ने उनको भनाइ छ।

बाढीबाट पीडितसँगै उभिएर दशैं मनाउन अपिल

बडा दशैंको अवसरमा शुभकामना दिंदै डा शर्माले दशैँ केवल चाडपर्व र उत्सवको अवसर मात्र होइन, परिवारसँगको पुनर्मिलन, आपसी सद्भावको नवीकरण र दुःखमा परेकालाई साथ दिने मानवीय भावनाको पर्व पनि भएको बताए ।

काठमाडौं उपत्यकामा सवारी चाप बढ्दै

मान्यजनबाट विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ।

तलेजुमा सर्वसाधारणले कुमारीको हातबाट टीका लगाए, देवगृहमा भित्र्याइयो तलेजु भवानी

विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधारणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन्।

अहंकार र क्रोधलाई जितेर मात्र असल बन्न सकिन्छ : पण्डित कुबेर सुवेदी

नेपाली कल्चरल सेन्टर युकेले बडादशैंको अवसरमा भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। केन्द्रका उपसंयोजक भीमलाल भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा गुरुहरूद्वारा स्वस्तिवाचन गरिएको थियो।

विवाद हुँदा ज्यान लिने धम्की दिने एक जना पक्राउ

प्रहरीले चौधरीको साथबाट एक थान उक्त वस्तु बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ट्रम्पले गरे ले पेनको प्रशंसा, फ्रान्सको पर्यटन क्षेत्रमा असर पर्ने चिन्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले पेनलाई ‘रूढीवादी आवाज’ भन्दै प्रशंसा गरेका छन्।

इन्जिनियर लामिछानेको गाईभैँसी पालनबाट मासिक १५ लाख बचत

मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने।

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाइँ र सर्वसाधारणलाई टीका प्रदान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको दिन आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आशीर्वाद लिएकी छन्।

ममता बेपत्ता प्रकरण : नरेशको व्यवहारबारे ‘बेबीसिटर’ को बयान, साथी सुनिताले के भनिन् ?

ममता काफ्ले भट्ट बेपत्ता भएको घटनामा उनका श्रीमान् नरेश भट्टको व्यवहार र ममताले विगतमा भोगेको भनिएको दुर्व्यवहारबारे बेबीसिटर (बच्चा हेर्ने महिला) र साथी सुनिता थापाले अदालतमा बयान दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्