६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

प्रदेश १ को मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा

प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयको रुपमा तत्कालीन धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालयको भवन प्रयोग गर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज यहाँ बसेको बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ।

सुमिनाको ‘बदनामको दाग लगाई’

धनकुटा मुगाकी गायिका सुमिना बराइलीको ‘बदनामको दाग लगाई’ बोलको गीत सार्वजनिक भएको छ। सानै उमेरदेखि गीत गाँउदै आएकी सुमिनाले ‘दिए मन तिमीलाई, दियौ सयौं चोट’ बोलको गीत यसअघि नै सार्वजनिक गरिसकेकी छन्।

५३ वर्षपछि डिपिआर

धनकुटास्थित बेलहारामा विमानस्थल निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ। विमानस्थल निर्माणको चर्चा सुरु भएको ५३ वर्षपछि डिपिआर तयार गरिएको हो।

संखुवासभा–हिले सडक दैनिक ९ घण्टा बन्द गरिने

संखुवासभा र धनकुटाको हिले जोड्ने संखुवासभा–हिले सडकखण्ड दैनिक ९ घण्टा बन्द गरिने भएको छ। वर्षायाममा यात्रुहरूलाई समस्या भएको भन्दै यो सडकखण्कोे स्तरोन्नती गरिने भएको छ।

धनकुटाबासीको आमहड्ताल फिर्ता

प्रदेश नं. १ को राजधानी माग गर्दै आन्दोलन गरिरहेका धनकुटाबासीले माघ १५ गते देखि अनिश्चितकालको लागि घोषणा गरेको आमहड्ताल फिर्ता गरेको छ।

धनकुटाको कृषि क्षेत्रमा ५ करोड भन्दा बढी बजेट

चालु आर्थिक बर्ष ०७४/०७५ मा धनकुटाको कृषि क्षेत्रमा ५ करोड ३५ लाख ६५ हजार खर्च गरिने भएको छ। कृषि बिकास मन्त्रालयले जिल्लाका ७ स्थानीय तहमा रहेका ३ नगरपालिका र ४ गाउँपालिका मार्फत उक्त रकम खर्च गर्ने भएको हो।

धनकुटामा निषेधाज्ञा हटाइयो, बन्द कायमै

धनकुटाको शान्ति सुरक्षाको लागि स्थानीय प्रशासनले ५ दिनदेखि लगाएको निषेधाज्ञा सोमबार ३ बजे देखि मंगलबार ७ बजे सम्मको लागि हटाएको छ। बजारको शान्ति सुरक्षा सुदृढ हुँदै गएपछि सीमित अवधीको लागि हटाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले जानकारी दिए।

धनकुटावासीद्वारा थाल ठटाएर सरकारको विरोध

प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तोकिएपछि विरोधमा उत्रिएका धनकुटावासीले आइतवार फरक किसिमको आन्दोलन गरेका छन्।

धनकुटामा शनिबार पनि निषेधाज्ञा जारी

आन्दोलनकारी धनकुटा जिल्लाबासी, राजनीतिक दल र स्थानीय प्रशासनबीच भएको छलफल विना निष्कर्ष टुंगिएपछि स्थानीय प्रशासनले धनकुटामा शनिबार पनि निषेधाज्ञा लगाएको छ। शनिबार विहान बजारमा माईकिङ गरेर निषेधाज्ञा लगाएको हो। धनकुटाबासी र राजनीतिक दलको आन्दोलनको स्वरुप परिवर्तन नभएसम्म निषेधाज्ञा जारी रहेने धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतिले बताए।

धनकुटामा शनिबार पनि निषेधाज्ञा जारी

आन्दोलनकारी, राजनीतिक दल र स्थानीय प्रशासनबीच भएको छलफल बिना निष्कर्ष टुंगिएपछि स्थानीय प्रशासनले धनकुटामा शनिबार पनि निषेधाज्ञा जारी गरेको छ । शनिबार विहान बजारमा माइकिङ गरेर निषेधाज्ञा लगाएको हो । धनकुटावासी र राजनीतिक दलको आन्दोलनको स्वरुप परिवर्तन नभएसम्म निषेधाज्ञा जारी रहेने धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतिले बताए।

धनकुटामा निषेधाज्ञा जारी, स्कर्टिङमा गाडी गुडे

शान्ति सुरक्षाको लागि स्थानीय प्रशासनले धनकुटामा शुक्रबार लगाएको निषेधाज्ञा साँझबाट केही खुकुलो बनाएको छ। आन्दोलन रोक्ने विषयमा राजनीतिक दलसंग भएको छलफल विनानिष्कर्ष सकिएपनि सर्वसाधारणले दुःख पाएकाले साँझ ५.३० बजेपछि स्कर्टिङमा यातायात चलाउन थालेको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले बताए।

धनकुटामा शुक्रबार निषेधाज्ञा जारी

शान्ति सुरक्षाको लागि स्थानीय प्रशासनले शुक्रबार धनकुटामा निषेधाज्ञा लगाएको छ । बिहिबार दिनभरी कर्फ्यू लगाएको स्थानीय प्रशासनले शुक्रबार बिहान बजारमा माईकिङ गरेर निषेद्यज्ञा लगाएको हो।

धनकुटामा अनिश्चितकालीन कर्फ्यू जारी

स्थानीय प्रशासनले धनकुटामा अनिश्चितकालको लागि कर्फ्यू लगाएको छ । प्रदेशको राजधानी विराटनगर तोकिएपछि आक्रोशित भएका धनकुटा जिल्लाबासीले सरकारी कार्यालय, सवारी साधन र बजारमा तोडफोड र आगजनी गर्दै प्रहरीसंग झडप गर्न थाले पश्चात् स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू लगाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । स्थानीय प्रशासनले बजारमा माईकिङ गरेर कर्फ्यू लगाएको हो ।

धनकुटामा प्रहरीको गाडी तोडफोड

धनकुटामा बजार बन्द गराउँदै हिंडेका आन्दोलनकारीले प्रहरीको गाडीमा तोडफोड गरेका छन्। गाडी र पसल बन्द गराउँदै हिडेका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि आक्रोशित आन्दोलनकारीले रोकेर राखेको प्रहरीको गाडीमा तोडफोड गरेको हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्