१२ मंसिर २०८१ बुधबार
image/svg+xml

ताम्राकारको ‘मिराज’ लोकार्पण

साहित्यकार ध्रुवकृष्ण ताम्राकारको ‘मिराज’ नामक कथा संग्रहको लोकार्पण गरिएको छ। सो कथा संग्रहको लोकार्पण ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि केके कर्माचार्य, साहित्यकार सूर्य लाकोजू र कथाकार ध्रुव ताम्राकारले संयुक्त रूपमा विमोचन गरेका हुन्।

लोकराज भट्टको उपन्यास ‘छाइल’ आउँदै

डोट्याली भाषाको शब्द ‘छाइल’को अर्थ हुन्छ–छाया। यस उपन्यासमा सुदूर पश्चिम प्रदेशको डोट्याली सभ्यताका छाया र प्रतिछाया सलबलाएका छन्। यसमा पुर्खाको संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई उजिल्याउने जर्मको गरिएको छ।

सादर प्रणाम,लता मङ्गेश्कर दिदी!

मृत्यु सधैं शोकको विषय हुँदैन। मृत्यु जीवनको पूर्णता पनि हो। लता दिदीको जीवन जति सुन्दर थियो, उनको मृत्यु पनि त्यति नै सुन्दर रह्यो।

शरणार्थी

छोरीलाई प्रणय–दिवस अनिवार्य मनाउनु थियो। उसले सोची, ‘घरमा काम गर्ने नोकरभन्दा इमानदार प्रेमी अरू कोही हुन सक्दैन।’

प्रेम दिवस

मनको पिंधबाट माया फैलाएर सिंगो जीवनलाई सद्भावको घुम्टो ओढाउन विश्वासको कुण्डमा छलाङ मार्दै आस्थालाई अग्लो शिखरमा पुर्‍याउन तिम्रो–मेरो बुझाइ धर्ती र गगन जस्तै छ नआऊ भो प्रेम दिवस तिमी अशोभनीय गुलाब बोकेर।

थुप्रै व्रत बसेकी छु तिमीलाई पाऊँ भनी

मोहनी छ हाँसोभित्र हाँसिदेऊ न बिन्ती, आतुर छु म छिटो प्रीत गाँसिदेऊ न बिन्ती। थुप्रै व्रत बसेकी छु तिमीलाई पाऊँ भनी, खाली छ दिल प्रेम कहानी टाँसिदेऊ न बिन्ती।

किन सुनाउँछौ प्रिय सबैलाई मनभित्रको घाउ

किन सुनाउँछौ प्रिय सबैलाई मनभित्रको घाउ, फेरि शत्रुहरूको लाग्न सक्छ त्यसैमा दाउ। यो समाजको कति अन्याय सहेर बस्छौं प्रिय, न्याय पाउनका लागि तिमीले अब कलम समाऊ।

प्रेम

मेरो कोमल हृदयको सागरमा डुबुल्की मार्न हिच्किचाउँछौ भने म पनि तिमीलाई यति ठूलो प्रेमको बलिदान चढाउन चाहन्न खालि तिम्रो सौन्दर्यलाई टाढैबाट धीत मरिञ्जेल हेर्छु हृदयले कदापि पिउन चाहन्न स्वच्छ प्रेमको बलिदान त्यसैमा सार्थक भएको ठान्छु।

मने

अँध्यारो मुख लाएर सुलभ केही बोलेन। सरलाले खुकुरी दिएपछि सुलभ भनेलाई डोर्‍याउँदै श्रवणको अघिल्तिर पुगेर रुन्चे स्वरमा भन्न लाग्यो, ‘बाबु, अइय्या! मने अइय्या! बाबु, चिचि नकाने, बाबु चिचि नकाने।’

कलकल बग्छ दिलमा पिरतीको खोली

कलकल बग्छ दिलमा पिरतीको खोली, मिसाई आठौं रंग खेलौं सँगै होली। टेकें दैलो मनको खोली तर्न बाँकी,म हूँ गीत एउटा संगीत भर्न बाँकी।

छोराको प्रश्न

मौरीको मुली रानी मैरी र कमिलाको मुली रानी कमिला भन्ने सुनेपछि उसलाई आफ्नो घरको मुली को होला भन्ने जिज्ञासा लाग्यो। साथीहरू हजुरामालाई घरमुली भन्दछन्। हजुरामाले सुनाएको रमाइलो कथाबारे कुरा गर्छन्। आफ्नो घरकी हजुरामालाई घरमुली नबनाएर किन टाढा वृद्धाश्रममा राखेको होला भनेर उसलाई खुलदुली भयो।

प्रेमका कुरा

मेरा एक फेसबुक मित्रले प्रश्न गरे– प्रेम परिधि हो कि स्वतन्त्रता? सायद उनलाई पनि जान्नु थियो, वास्तवमा प्रेम के हो? म यो प्रश्नमा खासै डुबेकी रहिनछु र मैले हल्का जवाफ फर्काएँ – प्रेम कुनै परिधि पनि होइन र स्वतन्त्रता पनि होइन, यो एउटा भावना हो।

नेपाली लोककला र समसामयिक कला

आ–आफ्ना पहिचान बोकेका कला आ–आफ्नै स्वभाव र प्रक्रियामा अगाडि बढ्ने हो भने अन्योल सिर्जना हुने वातावरण बन्दैन सायद। समसामयिक कलाको नाममा सबैजसो कला वा अकला पनि समावेश गर्ने प्रचलन बढ्यो भने स्वभावतः यसले ठूलै अन्योल निम्त्याउँछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्