मुद्दा फेर्दै पैसा कमाउँदै
अदालतका अनुसार बिचौलियाले पीडकसँग मिलेर पीडितलाई आर्थिक प्रलोभनमा पार्दा अधिकतर मुद्दा फेरिने गर्छन्। पछिल्लो समय अदालतको हाताभित्र बिचौलियालाई प्रवेश निषेध गरिए पनि बाहिरबाटै बिचौलियाले चलखेल गरिरहेको बताइएको छ।
अदालतका अनुसार बिचौलियाले पीडकसँग मिलेर पीडितलाई आर्थिक प्रलोभनमा पार्दा अधिकतर मुद्दा फेरिने गर्छन्। पछिल्लो समय अदालतको हाताभित्र बिचौलियालाई प्रवेश निषेध गरिए पनि बाहिरबाटै बिचौलियाले चलखेल गरिरहेको बताइएको छ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा पूर्वसांसद सहित ६ जनामाथि मुद्दा दायर गरेको छ।
सर्लाही प्रहरीले ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवविरुद्ध मंगलबारबाट ठगी मुद्दामा कारबाही प्रकृया अगाडी बढाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मीविरुद्ध दुव्र्यवहार मुद्दामा म्याद लिएर यादवलाई थुनामा राखेको प्रहरीले मंगलबार भने जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएको हो।
सिरहा प्रहरीले डाँका मुद्दामा अदालतबाट कैद फैसला भएका एक जनालाई पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धानले आफ्नो पदको दुरुपयोग तथा प्रहरी निरीक्षकलाई नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा सातजनाविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
राजस्व अनुसन्धान विभागले मुल्य अभिवृद्धि कर (भ्याट)को नक्कली कारोबार र भन्सार चोरी पैठारी गर्ने दुई व्यापारिक फर्मविरुद्ध साढे १५ करोड रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ।
काठमाडौं जिल्ला अदालतले प्रेमीको लिंग काटेको आरोपमा ‘अंगभंग मुद्दा’ लागेकी एक महिलालाई पूर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले बिहिबार महिलालाई थुनामा पठाएको हो।
मार्सल आर्ट फिल्मका अभिनेता ब्रुस लीकी छोरीले अनुमति बिना आफ्ना पिताको फोटो प्रयोग गर्ने चिनियाँ रेष्टुरेन्टविरुद्ध क्षतिपूर्ति मार्ग गर्दै मुद्दा दर्ता गरेकी छन्।
खोटाङमा १६ वर्षीय भतिजिलाई गर्भवती बनाएर अर्कैसँग विवाह गराइदिने युवाविरुद्ध हाडनाता करणी अन्तरगतको मुद्दा दर्ता भएको छ।
मधेस मुद्दा उठाएर आन्दोलन गर्ने अनि नेता बनेर केन्द्रीय सत्तासँग सहमति गर्दै मुद्दा बिसाउने प्रवृत्तिले मधेसले लामो समयसम्म पनि अधिकार र पहिचान पाउन नसकेको बुद्धिजीवी बताउँछन्।
सर्वोच्च अदालतले एनसेल लाभकर विवादको विषय अब पुनरावलोकन नहुने आदेश गरेको छ। सर्वोच्चको पछिल्लोपटक भएको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै पूर्व सचिव द्वारिकानाथ ढुंगेलसमेतले दर्ता गरेको पुनरावलोकन निवेदनमा सर्वोच्चले रजिष्ट्रारको आदेश सदर गरेको छ।
राजश्व अनुसन्धान विभागले सुन र चाँदीमा राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेकोे छ।
फौजदारी मुद्दामा थुनेर मात्रै न्याय पाइन्छ भन्ने धारणा गलत रहेको महान्यायाधिवक्ता अग्नि खरेलले बताएका छन्। ‘फौजदारी मुद्दामा सुखसयल दिएर थुनामा राखेर न्याय पाउँछौं भन्ने लाग्दैन,’ उनले भने, ‘भागेर जाँदैन, प्रमाण नष्ट हुँदैन भने थुनामा नराखी अनुसन्धान अगाडि बढाए हुन्छ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धादिङका तत्कालीन मालपोत अधिकृत कुशध्वज खत्रीसमेत सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
प्रतिनिधिसभाका सांसद भैरवबहादुर सिंहले समानुपातिक संसदसँग राय परामर्श तथा छलफल नगरी एकलौटी ढंगले योजना विनियोजन गरेको भन्दै सिंह र सरकारविरुद सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ।