८ आश्विन २०८१ मंगलबार
image/svg+xml

लट्री पर्‍यो भन्दै ठगी गर्ने तीन पक्राउ

भाइबर, फेसबुक जस्ता सामाजिक संजाल मार्फत २५ लाखको लट्री जित्नु भएको छ भन्दै सर्वसाधारणलाई ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले लट्री परेको भन्दै बैंक खाता नम्बर तथा परिचय खुल्ने कागजात पठाउन लगाई लट्री बापतको कर नेपाल सरकारलाई तिर्नु पर्ने रकम जम्मा गरेपछि रकम खातामा जम्मा हुने बताउँदै सर्बसाधारणलाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।

अपहरण मुद्दामा फरार अभियुक्त पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत पाँचथरबाट दोषी ठहर भएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। तुमेवा गाँउपालिका १ घर भएका जीवन खत्रीलाई झापाको दमकमा लुकछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरी ल्याएको हो।

बलात्कारको घटना मिलाउने दुईजना पक्राउ

पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ।

सिआईबीको टोलीलाई मिलाउने भन्दै पैसा लिने पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गैरकानुनी रुपमा वित्तिय कारोबार गर्ने संस्थामाथि निगरानी बढाएर त्यसमा संलग्नलाई पक्राउ गरिहेका बेला सिआइबीलाई मिलाउने भन्दै पैसा असुल्ने एक जना इटहरीबाट पक्राउ परेका छन्। प्रहरीले इटहरी वडा नं. २० का नवराज मैनालीलाई पक्राउ गरेको हो।

बैंक ठगीको घटना, हालसम्म तीन पक्राउ

भारतको आर्थिक नगरी मुम्बईमा रहेको पञ्जाब नेसनल बैंकको शाखा बम्बे स्टक एक्सचेन्ज र भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डिया नजिकैको सडकमा रहेको छ। मुम्बईको महत्वपूर्ण क्षेत्रमा रहेको बैंकको शाखा अहिले स्थानविशेषले मात्रै नभई अर्बपति हिरा व्यवसायी निरभ मोदीसम्बन्धित बैंक ठगीको विषयले पनि केन्द्रविन्दुमा रहेको छ । जसको कारण भारतको बैंकिङ सम्पत्तिको करिब ७० प्रतिशत हिस्सा ओगट्ने राज्य बंैकिङ क्षेत्रको विश्वसनीयतालाई समेत हल्लाइदिएको छ।

घुस सहित भूमि सुधार कार्यालयका अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापगाईंलाई चार लाख घुस सहित पक्राउ गरेको छ।

मिटर ब्याज असुल्ने वित्तिय संस्थाका संचालक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गैरकानुनी रुपमा करोडौ कारोबार गर्ने पाँच वित्तिय संस्थाका संचालकलाई पक्राउ गरेको छ।

घुस रकम सहित प्रहरी हवल्दार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले घुस रकम सहित म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित पाखापानी प्रहरी चौकीबाट प्रहरी हवल्दार कुलवहादुर विसीलाई पक्राउ गरेको छ।

लागुऔषधसहित ४ जना पक्राउ

अवैध लागूऔषधसहित रौतहटमा ४ जना पक्राउ परेका छन्। रौतहटको चन्द्रपुर नगरपालिका १ अवस्थित पूर्व–पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा पैदलयात्री रामेछाप जिल्लाको रामेछाप नगरपालिकार ७ का २७ वर्षका कुमार योन्जनलाई फेनारगन इन्जेक्सन १९ थान लागू औषधसहित शनिवार प्रहरीले पक्राउ गरेको हो।

बलात्कारपछि बहिनीको हत्या गर्ने पक्राउ

आफ्नै दाजुले ११ वर्षिया बहिनीको बलात्कारपछि हत्या गरेका छन्। खड्ग नगरपालिका ९ लालपटीका राजदेव मण्डलले आफ्ना काकाकी छोरीको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ।

विद्युत् चोरीमा संलग्न नौ पक्राउ

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडाबाट तानेर विद्युत् चोरी गरेका नौ जना आज पक्राउ परेका छन्।

४ वर्षअघि हराएको मोटरसाईकल सहित एक पक्राउ

४ वर्षअघि हराएको मोटरसाईकलसहित उदयपुरका एक पक्राउ परेका छन्। काठमाडौंको नरेफाँटबाट हराएको मोटरसाईकलसहित उदयपुर चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुरका सन्तोष राई मंगलबार बेलका नगरपालिकास्थित ठोक्शीला ट्राफिक प्रहरीको फन्दामा परेका हुन्।

फरार अभियुक्त पक्राउ गर्न प्रहरी सक्रिय

फरार अभियुक्त र दोषी ठहर भएकालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोट सक्रिय भएको छ । अभियान नै चलाएर अघि बढिरहेको प्रहरी कार्यालयले पछिल्लो एक महिनामा एक सय दुईजनालाई पक्राउ गरिसकेको छ ।

४ सय किलो गाँजासहित एक पक्राउ

मकवानपुर प्रहरीले अबैध लागूऔषध ४ सय किलो गाँजासहित राक्सिराङ गाउँपालिका–८ ठूलो टोड्केका मानबहादुर मोक्तानलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्