८ आश्विन २०८१ मंगलबार
image/svg+xml

चितुवाको छालासहित दुई पक्राउ

नेपालमा वन्यजन्तु संरक्षण र अवैध कारोबार नियन्त्रण गर्न सक्रिय भएपनि रकमगत आकारमा धेरै मूल्यमा विक्री हुने हुँदा दुर्लभ वन्यजन्तुको चोरी–निकासी हुने क्रम दिनानुदिन बढ्दो छ। वन विनास र वासस्थान अतिक्रमणसँगै पैसा कमाउने गिरोह सक्रिय हुँदा वन्यजन्तुको चोरी– निकासी बढेको हो।

जवर्जस्ती करणी उद्योगमा एक पक्राउ

एक महिलालाई जवर्जस्ती करणी उद्योग अपराधमा यहाँ एक जना पक्राउ पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी एक महिलामाथि जवर्जस्ती गर्ने फलेबास नगरपालिका वडा नम्बर ६ का ३६ बर्षिय सुन्दरप्रसाद श्रेष्ठ पक्राउ परेका हुन्।

फरार अपराधी २० वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा अदालतबाट सर्वस्वसहित जन्म कैदको फैसला सुनाइएका एक फरार अपराधी २० वर्षपछि पक्राउ परेका छन्।

ठगीको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

सहकारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा साइरीयस बचत तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

वीरगञ्जबाट हुन्डी गिरोह पक्राउ

वीरगञ्ज लिङ्करोडबाट हुन्डी कारोबार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार (आज) दिउँसो २ बजेतिर रिङरोडस्थित दक्षिणकालीको एक पसलबाट प्रहरीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो।

हातहतियारसहित मुक्तान दम्पती पक्राउ

मकवानपुर प्रहरीले हातहतियार तथा विस्फोटक पदार्थ राखेको आरोपमा दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका– ५, डिल्लीपुरका ३२ वर्षीय रामबहादुर मुक्तान  र उनकी श्रीमती ३० वर्षीया दिलमायालाई प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । रामबहादुरमाथि गोली प्रहार गरी एकजनालाई घाइते बनाएको समेत आरोप छ।

गोली प्रहार गरेको आरोपमा श्रीमान श्रीमती पक्राउ

गोली प्रहार गरी एकजना घाईते बनाएको तथा हातहतियार र विष्फोटक पदार्थ राखेको आरोपमा २ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। मकवानपुरको मनहरी गाउँपालिका– ५, डिल्लीपुरका ३२ बर्षीय रामबहादुर मोक्तान र उनकी श्रीमती ३० बर्षीया दीलमायाँ मोक्तानलाई प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

चाेरीकाे तीन मोटरसाइकलसहित दुर्इ पक्राउ

चोरीका तीन थान मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा विराटनगर–२ का निशल भण्डारी र कटहरी गाउँपालिका– १ का वासु राजवंशी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेकाे हाे।

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ: अन्य कलाकार पनि संलग्न रहेको आशंका

मानव तस्करीको अभियोगमा चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विहीबार ठमेलबाट खड्गीलाई नियन्त्रणमा लिएको हो।

जातीय भेदभावको आरोपमा एक पक्राउ

जातीय भेदभावको आरोपमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

लागुऔषध कारोवार मुद्दामा फरार एभरेष्ट होटलका मालिक लारी पक्राउ

लागुऔषध तस्करीको मुद्दामा फरार एभरेष्ट होटलका मालिक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ परेका छन्। लारी बिहीबार विहान महाराजगञ्जबाट पक्राउ परेको महानगरीय प्रहरी आयुक्त कार्यालयका एआइजी जयबहादुर चन्दले पुष्टि गरे।

आफ्नै साथीको हत्या गर्ने पक्राउ

आफ्नै साथीको हत्यामा संलग्न रहेको अभियोगमा खोटाङको साविक चिसापानी गाविस–९ का ४२ वर्षीय प्रेम खड्का भन्ने राजन कटुवाललाई महानगरीय अपराध महाशाखाको प्रहरीले बुधबार पक्राउ गरेको छ।

ठगी आरोपमा मेडिकल सञ्चालक पक्राउ, डाक्टर छाडिए

उदयपुर सदरमुकाममै सञ्चालित एक मेडिकल सञ्चालक ठगी आरोपमा पक्राउ परेका छन्। सर्वसधारणलाई उपचारको नाममा गैरकानुनी ठगी गरेको आरोपमा त्रियुगा नगरपालिका ३ मोतिगडास्थित ‘आयुस आयुर्वेदिक क्लिनिक’ का बाबुराम कार्कीसँगै पक्राउ परेका डा. सुजित यादब भने पक्राउ परेको केही घण्टामै छाडिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्