१ मंसिर २०८१ शनिबार
image/svg+xml

बिमा गर्न इच्छुक देखिएनन् तरकारी किसान

पश्चिम चितवनको गुञ्जनगर, शुक्रनगर, पार्वतीपुर क्षेत्रमा व्यावसायिक तरकारी खेती फस्टाएको छ। एक–दुई बिघामा हैन १० देखि २८ बिघासम्म तरकारी लगाउने किसान त्यस क्षेत्रमा छन्। तर उनीहरु कृषि बिमा गर्न इच्छुक देखिँदैनन्। खेतीमा कुनै जोखिम नभएर उनीहरु ढुक्क भएका पनि होइनन्। जोखिम भए पनि उनीहरु बिमाप्रति आकर्षित छैनन्।

तीन महिनामा सोह्र हजारद्वारा स्वास्थ्य बिमा

जिल्लामा स्वास्थ्य बिमा गराउनेहरूको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुने संख्या आशा गरेभन्दा राम्रो देखिएको हो ।

बिमा कम्पनीको पुँजी वृद्धिले उचाल्यो सेयर बजार

बिमा कम्पनीको चुक्ता पुँजी बढाउन बिमा समितिले निर्देशन दिएपछि सेयर बजार एकाएक उकालो लागेको छ । शुक्रबार बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले २०७५ असार मसान्तसम्ममा जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ पु¥याउन निर्देशन दिएको थियो ।

बिमा कम्पनीको चुक्ता पुँजी

बिमा कम्पनीहरुको चुक्ता पुँजी बढेको छ। बिमा समितिले २०७५ असार मसान्तसम्ममा जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएको छ।

बिमा कम्पनीको चुक्ता पुँजी बढ्ने

बिमा कम्पनीले चुक्ता पुँजी चार गुणा बढाउनुपर्ने भएको छ । बिमा समितिले समय सीमा तोकेर चुक्ता पुँजी बढाउने निर्णय शुक्रबार गरेको हो ।

बिमा गराउने किसानको सङ्ख्या छ सयभन्दा बढी

खेतीमा हुने सम्भावित जोखिमबाट जोगाउने उद्देश्यले कञ्चनपुरका ६४७ किसानले बाली बिमा गराएका छन् ।

स्वास्थ्य बिमा पारित हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाले स्वास्थ्य बिमा छिट्टै पारित गर्न लागेको बताएका छन्। दलित तथा विपन्न समुदायको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन स्वास्थ्य बिमाले मात्र सम्भव हुने थापाले बताए।

बिमा अवधि सकिएका कामदारलाई तीन महिना 'ग्रेस'

वैदेशिक रोजगारीमा रहेका कसैको बिमाको अवधि सकिएको छ? यसअघि गरेको बिमाको अवधि सकिएको छ भने तीन महिनासम्म सरकारले तपाईंहरूको निःशुल्क बिमाको अवधि लम्ब्याएको छ। त्यसैले जतिसक्दो चाँडो सम्बन्धित निकायमा सम्पर्क गर्न ढिला नगर्नुस्।

१० वर्षमा एक प्रतिशतमा मात्रै पुग्छ बिमाको पहुँच

जनचेतनाको अभाव र आयस्तर नबढेका कारण १० वर्षमा एक प्रतिशत जनतामाझ मात्र बिमाको पँहुच पुगेको छ। बिमा कम्पनीको स्थापना भएको करिब ७० वर्ष भएको छ। यस अवधिमा करिब ७–८ प्रतिशत जनताले मात्र बिमा गरेका छन्। अझै पनि ९२–९३ प्रतिशत नेपालीले बिमा गरेका छैनन्।

जोखिम कम गर्न नगदको पनि बिमा

विदेशमा छापिएका नेपाली नोट ल्याउन होस वा विदेशी मुद्रा सटही गरेर नेपाल ल्याउँदा नगद चोरी, डकैती हुनेजस्ता सम्भावित दुर्घटनाको जोखिम कम गर्न नगदको पनि बिमा गर्न थालिएको छ। नगद कारोबार गर्ने कुनै पनि संस्थाले जोखिम कम गर्न नगदको बिमा गर्न थालेका हुन।

'श्रमिकको बिमा प्रिमियम हतारमा वृद्धि गरियो'

वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवनको प्रिमियम हतारमा वृद्धि गरिँदा श्रमिकलाई आर्थिक भार परेको औंल्याइएको छ। गत माघ ११ गते प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि बिमा समितिले माग १५ गतेदेखि प्रिमियम वृद्धिको निर्णय गरेको छ।

बिमाबाट ऋण लिँदै बैंकको ब्याज खाँदै

बिमा कम्पनीको कर्जाको ब्याजदर भन्दा बैंकले दिने निक्षेपको ब्याजदर बढी भएपछि बिमितहरुले बिमालेख धितो राखेर बिमा कम्पनीबाट ऋण लिँदै धमाधम बढी ब्याज आउने बैंकमा जम्मा गर्न थालेका छन्।

संस्थालनले बिमाङ्कीय मूल्याङ्कन नियमित गर्ने

राष्ट्रिय बिमा संस्थानले जीवन बिमा गर्ने कम्पनीको सम्पत्ति दायित्व यकिन गर्न बिमाङ्कीय मूल्याङ्कनलाई नियमित गर्ने जनाएको छ।

श्रम स्वीकृतिभन्दा बिमाको अवधि बढी

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बिमाको अवधि बढाइएको छ। दाहालको निर्देशनपछि माघ १५ गतेदेखि नै बिमा कम्पनीहरूले गम्भीर खालका रोगबापतको क्षतिपूर्ति तथा बिमा अवधि थप गरिएको भन्दै कामदारलाई आर्थिक भार पर्ने गरी प्रतिव्यक्ति सरदर साढे आठ सय रुपैयाँ थप शुल्क उठाउन थालिसकेका छन्।

अपार्टमेन्टले भुक्तान पाएनन् ४ अर्ब १० करोड बिमा दाबी

प्राकृतिक विपत्तिबाट क्षति भएको २२ महिना बितिसक्दा पनि अपार्टमेन्टका बिमितले दाबी भुक्तानी पाएका छैनन्। काठमाडौँ उपत्यकाका ५१ वटा अपार्टमेन्टमध्ये अधिकांशमा भूकम्पले क्षति पुर्‍याएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्