२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सयाैं स्वर्णकाे काेसेढुंगा पार

नेपालले दक्षिण एसियाली खेलकुद (साग) इतिहासमा स्वर्ण पदक संख्या एक सय पु-याएको छ। सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा बुधबार भएको पुरुष ८७ केजी तौल समूहमा सक्षम कार्कीले पाकिस्तानका वाकर अलीलाई हराउँदै स्वर्ण जिते, जुन दक्षिण एसियाली राष्ट्रहरुको ओलम्पिकका रुपमा हेरिएको सागमा नेपालको सयौंं स्वर्ण पदक हो।

नेपालले जितेका २९ स्वर्णहरु (सूची सहित)

१३ औं दक्षिण एसियाली खेलकूद (साग)को चौंथो दिन (अपराह्न ५ बजेसम्म) नेपालले २९ वटा स्वर्ण जितेको छ।

भलिबलमा स्वर्ण लक्ष्य अधुरो

महिला भलिबलबाट नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्य मंगलबार अधुरै रहँदा भारत १३औं दक्षिण एसियाली खेलकुद (साग)को च्याम्पियन बनेको छ ।

होचो कदको अग्लो जित

होचो कद र सानो जिउडालकी तेक्वान्दो खेलाडी काजल श्रेष्ठका लागि मंगलबार विशेष दिन नै रह्यो । घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा फाइटतर्फ स्वर्ण जितेपछि राष्ट्रिय टोलीकी सानी काजलको दिन विशेष बन्न पुग्यो ।

मिलिसेकेन्डले स्वर्ण कब्जा

एथ्लेटिक्समा नेपालका लागि सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा मंगलबार स्वर्ण पदक जितेकी छिन् । दशरथ रंगशालाको ट्य्राकमा भएको दौडमा पहिलो ल्यापबाटै अग्रता लिएकी सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । यता १ मिलिसेकेन्डले पछि पर्दै भारतकी कविता यादवले रजतमा चित्त बुझाइन् । श्रीलंकाकी निलन्थी लंकाले ३५.५९.०२ मा निर्धारित दौड पूरा गर्दै कांस्य पदक हात पारिन् ।

मंगलबार नेपाललाई थप पाँच उपाधी, स्वर्ण संख्या २०

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज बिहान भएका विभिन्न खेलमा नेपालले थप पाँच स्वर्ण पदक जितेको छ

नेपाललाई थप दुई कास्य

१३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तरगत १५ सय मिटर दौडमा नेपालले एउटा कास्य हात पारेको छ। मंगलबार बिहान भएको खेलमा नेपालका टंक कार्कीले कास्य हात पारेका हुन्।

मन्डेकाजीलाई करातेमा दुई स्वर्ण

मन्डेकाजी श्रेष्ठ जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालबाट स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेको दिन नेपालले सोमबार करातेमा ७ स्वर्ण हात पारेको छ। करातेतर्फ पहिलो दिन भएका नौ स्पर्धामा नेपालले ७ तथा पाकिस्तानले दुर्ईमा स्वर्ण पदक हात पारेका हुन्।

दुई सन्तानकी आमालाई दुई स्वर्ण

दुई सन्तानकी आमा आयषा शाक्यले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्से विधामा दुई स्वर्ण जित्दा नेपालले कुल सात स्वर्ण हात पारेको छ।

तेक्वान्दोमा नेपाललाई सात स्वर्ण

नेपालले घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोको पुम्से विधातर्फ कुल सात स्वर्ण जितेको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा मंगलबार सम्पन्न १३ स्वर्णको प्रतिस्पर्धामा नेपालले ७ स्वर्ण जितेको हो।

आयशाले जितिन् स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन्। उनले ७.०४० अंकका साथ ३० वर्षमाथिको प्रतिस्पर्धामा स्वर्ण जितेकी हुन्।

ट्रायथोलनमा नेपाललाई स्वर्ण

ट्रायथोलनमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छन्। तीन देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले स्वर्ण जितेकी हुन्। भारत र श्रीलंका ले सहभागिता जनाएका थिए । यो सँगै नेपाललाई दुई स्वर्ण पदक हात लागेको छ। कँरातेको व्यक्तिगत काताको पुरुषतर्फ नेपालका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए। उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाएका हुन्।

१३ औं सागमा नेपाललाई पहिलो स्वर्ण

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पहिलो स्वर्ण जितेको छ। पुरूष एकल कातामा कराँतेका मण्डेकाजी श्रेष्ठले स्वर्ण जितेका हुन्। उनले २५.७२ अंक पाउँदा पाकिस्तानका खेलाडी निएमातुलिएहले २४.९२ अंक पाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्