१ आश्विन २०८१ मंगलबार
image/svg+xml

सरकारी सेवाप्रति जनताको विश्वास नभएको मन्त्री थापाको स्वीकारोक्ति

रौतहटको सरकारी स्वास्थ्य सेवाप्रति जनताको विश्वास नभएको स्वास्थ्य मन्त्री गगन थापाले स्वीकार गरेका छन् ।

सरकारलाई अर्बौं नोक्सान!

विदेशी परामर्शदातालाई दिइने परामर्श सेवा शुल्कमा कर छुट र सोधभर्ना भुक्तानी दिँदा नेपाल सरकारलाई वार्षिक अर्बौं रुपैयाँ नोक्सानी हुनसक्ने भन्दै अनुसन्धान थालिएको छ। राष्ट्रिय सतर्कता केन्द्रले विदेशी दाताको सहयोगमा परियोजना सञ्चालन गर्दै आएका एक दर्जन बढी मन्त्रालयलाई पत्रचार गरी यसबारे विवरण माग गरेको छ।

सरकारले महानिरीक्षक नियुक्त गर्न सकेन

सर्वोच्च अदालतको फैसलापछि प्रहरी महानिरीक्षक नियुक्ति गर्न सरकार असफल भएको छ। महानिरीक्षक नियुक्ति हुन नसक्ने स्थिति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रमसमेत मन्त्रिपरिषद्बाट पारित हुन सकेन।

सरकार–मोर्चा ‘सहमति’ नजिक

स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई मनाउन सरकारले थालेको अनौपचारिक प्रयास सहमति नजिक पुगेको छ। सरकारले संविधान संशोधनबिना स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट मोर्चाले तराईमधेसमा चुनाव हुन नदिने र आफूले पनि भाग नलिने घोषणा गरेको छ।

चुनाव अवधि भर नेताहरूले सरकारी गाडीमा चढन नपाउने

वैशाख ३१ गते तोकिएको स्थानीय निर्वाचनको वातावरण निर्माण गर्न महोत्तरीका सरकारी कार्यालय प्रमुखहरूलाई गम्भीर बन्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले निर्देशन दिएको छ ।

सरकार छाड्ने निधीको धम्की

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले मन्त्रिपरिषदको वरियताक्रमलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

समन्वय समिति सर्लाहीको बोर्डमा मोर्चाले लेखे ‘प्रदेश मधेस सरकार’

जिल्ला समन्वय समिति सर्लाहीको बोर्डमा मधेसी मोर्चाले 'प्रदेश मधेस सरकार'को बोर्ड टाँसेका छन्। जिल्ला विकास समिति सर्लाहीको बोर्ड हटाएर राखिएको समन्वय समितिको बोर्डमा मोर्चाका कार्यकर्ताले 'प्रदेश मधेस सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालल सर्लाही, मलंगवा लेखिएको बोर्ड टाँसेका छन्।

विराटनगर पुगेर गच्छदारले सरकारलाई सोधे: राजनीतिक समस्या समाधानको रोडम्याप के हो?

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले यथास्थितीमा सरकारमा सहभागि नहुने बताएका छन्।

निर्वाचन गराउन सरकारले खुट्टा कमाउनु हुँदैन : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने बताएका छन् ।

सरकारकै असक्षमताले बूढीगण्डकी र नलसिंहगाड आयोजना प्रभावित

सरकारले कम्पनी वा विकास समिति कुन मोडल अन्तर्गत बूढीगण्डकी र नलसिंहगाड आयोजना निर्माण गर्ने भन्ने सम्बन्धमा निर्णय गर्न नसक्दा दुवैको काम प्रभावित भएको छ।

'हेलो सरकार' बाट १० प्रतिशत मात्र सन्तुष्ट

नेपाल सरकारसमक्ष आउने गुनासोको शीघ्र सुनुवाइ गराउने उद्देश्यले स्थापना गरिएको 'हेलो सरकार' मा गुनासो आउने क्रम बढ्दो छ। तर गुनासो सुनुवाइ कार्यान्वयन दर न्यून हुँदा यसप्रति गुनासोकर्ताको विश्वास भने घट्दै गएको देखिन्छ।

‘सरकारले जसरी पनि चुनाव गराउन चाहेको छ’

माओवादी केन्द्रका नेता मातृका यादवले सरकार कुनै पनि हालतमा निर्धारित समयसिमाभित्रै स्थानीय तहको निर्वाचन गराउने पक्षमा रहेको दावी गरेका छन्।

अतिवादलाई सरकारबाटै प्रोत्साहन : ओली

एमालेले पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठनसँगै जातीय/क्षेत्रीय अतिवाद र सामाजिक विद्वेषले शिर उठाउने थालेको जनाएको छ। मेची–महाकाली अभियानबारे पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख छ। ओलीले जातीय/क्षेत्रीय अतिवाद र सामाजिक विद्वेषलाई सरकारले प्रोत्साहित गरिरहेको आरोप लगाएका छन्।

एमालेसहितको राष्ट्रिय सरकार बनाऔं : सञ्चारमन्त्री कार्की

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री राम कार्कीले प्रतिपक्षमा रहेको एमालेलाई सरकारमा आउन आह्वान गरेका छन् ।

युरोपको कालोसूची हटाउन सरकारले बुझायो आधारपत्र

सरकारले नेपालको उड्डयन क्षेत्रमाथि युरोपेली आकासमा लाग्दै आएको प्रतिबन्ध हटाउन युरोपेली आयोगसमक्ष औपचारिक आधारपत्र हस्तान्तरण गरेको छ। नेपालले युरोपको कालोसूचीबाट बाहिर निस्किन तीन वर्षदेखि गरेको प्रयास अझै सफल हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्