१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

चितुवाको छाला सहित तीन पक्राउ

बर्दिया-चितुवाको छाला सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। क्षेत्रिय अनुसन्धान व्यूरो टोलीले भुरिगाउँ र लम्की नगरपालिकावाट तीन जनालाई पक्राउ गरेको हो।

अपहरण मुद्दाका फरार २० महिनापछि पक्राउ

लहान ३ का गुरुदयाल महतो अपहरण मुद्धाका फरार अभियुतmलाई प्रहरीले २० महिनापछि काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको छ । अभियुक्त राजा भन्ने राजकुमार ठाकुरलाई सुन्धारा स्थित लँजबाट शनिवार विहान पक्राउ परेको लहानका डिएसपी राजकुमार केसीले जानकारी दिए।

धमाधम पक्राउ पर्दै मोटरसाइकल चोर

विराटनगर–१३ बाट मोटरसाइकल चोरेर भारतको जोगवनीतर्फ लैजा“दै गरेको अवस्थामा प्रहरीले २ जनालाई पक्रेको छ। विराटनगर–१३ का लीला ढुंगेलको घरअगाडि पार्किङ गरेर राखेको मोटरसाइकल चोरेर बिक्री गर्न लैजा“दै गरेको अवस्थामा नेपाल–भारत सिमानानजिक विराटनगर भन्सारको ढाटबाट बिहीबार बेलुका मोटरसाइलकसहित २ जना पक्राउ परेका हुन्।

लोकल मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएपछि मदिरा बिक्रेता पक्राउ

महोत्तरी–लोकल मदिरा पिउँदा महोत्तरीमा डोम समुदायका पाँच जनाको मृत्यु भएपछि प्रहरीले मदिरा उत्पादक र बिक्रेतालाई शुक्रबार पक्राउ गरेकाे छ।

१२ किलो चरेशसहित दुई पक्राउ

१२ किलो चरेशसहित कोहलपुरमा दुई युवक पक्राउ परेका छन्। उनीहरुको साथबाट २२ पोका चरेश पक्राउ परेको हो। क्षेत्रीय प्रहरीको अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय कोहलपुरले चरेशसहित हुम्ला सिमीकोट-९ का नन्द सुनार र बाजुरा गोत्री- ८ का दिपक भण्डारीलाई पक्राउ गरेको हो।

२ फरार प्रतिवादी पक्राउ

इटहरी– अदालतले कैद सजाय तोकेर फरार भएका सुनसरीका २ जनालाई प्रहरीले पक्रेको छ। प्रहरीले कर्तव्य ज्यान मुद्दामा १० वर्ष सजाय तोकेर फरार भएकी अमडुवा–५ कि मन्द्रिकादेवी राय अमातलाई पक्रेको हो ।

बालिकालाई बन्धक बनाएर यौनधन्दामा लगाउने २ पक्राउ

कोहलपुर– १५ वर्षीया बालिकालाई होटलमा बन्धक बनाएर यौनधन्दामा लगाउने दुई होटल संचालकलाई प्रहरीले पक्राउ गरेको छ। होटलमा ग्राहकबाट पाँचदेखि १० हजार असुल्दै बालिकालाई ५ सय रुपैयाँ दिँदै आएका कोहलपुर–११ स्थित एकान्त होटल एण्ड रेष्टुरेन्टका संचालक सुस्मिता बोटे र सुशीला श्रेष्ठ पक्राउ परेका हुन्।

२२ पोका ब्राउनसुगरसहित २ पक्राउ

कोहलपुर– घरभित्र आगोमा पोलेर ब्राउन सुगर बनाउँदै गरेको अवस्थामा प्रहरीले दुई व्यक्तिसहित २२ पोका ब्राउनसुगर बरामद गरेको छ।

झुटो मुद्धा लगाएर थारु पक्राउ गर्न थालिएको भन्दै संसद बहिष्कार

काठमाडौं—व्यवस्थापिका–संसदको आजको बैठक सुरु हुने बित्तिकै सांसद लक्ष्मीकुमारी चौधरीले विभिन्न माग राखी तराई मधेशमा जारी आन्दोलनले उठाएको मागप्रति सरकार संवेदनशील बन्न नसकेको बताए।

थुनामुक्त गरीदिने भन्दै ५ लाख ४० हजार ठग्ने पक्राउ

काठमाडौं– कारागारमा थुनामा रहेका व्यक्तिहरुलाई थुनामुक्त गरीदिने भन्दै ५ लाख ४० हजार रुपैयाँ ठगी गर्ने काठमाडौं बुढानिलकण्ठ बस्ने नुवाकोट थानपती गाविस–८ का ३ वर्षीय राजु उप्रेतीलाई महानगरीय अपराध महाशाखा काठमाडौंले कालीमाटीबाट मंगलबार पक्राउ गरेको छ।

१८ किलो चरेससहित ३ पक्राउ

जिल्लाको पशुपतिनगरबाट प्रहरीले सोमबार १८ किलो लागूऔषध चरेससहित ३ जनालाई नियन्त्रणमा लिएको छ। भारतीय सीमानजिकै पशुपतिनगर–४ फाटकबाट प्रहरीले भारतीय गाडीमा रहेका उनीहरूलाई गाडीसहित पक्राउ गरेको हो ।

पूर्व सैनिक हवल्दार हतियार सहित पक्राउ

काठमाडौं—प्रहरीले नेपाली सेनाका पूर्व हवल्दारलाई अत्याधुनिक हतियार र गोली सहित बालाजुबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरको टोलले सेभेन प्वाईन्ट सिक्सफाईभ क्यालिवरको पेस्तोल र पाँच राउण्ड गोली सहित गोरखाका रनबहादुर ढकाललाई पक्राउ गरेको हो।

युवती हत्या प्रकरणमा शिक्षक पक्राउ

युवती हत्याकाण्डमा संलग्न रहेको आरोपमा शिक्षक पक्राउ परेका छन्। ११ दिनको अनुसन्धानपछि प्रहरीले हत्यामा प्रयोग गरिएको पेस्तोलसहित तलकोटस्थित हरिहर उमाविका शिक्षक लालबहादुर चन्दलाई प्रक्राउ गरेको स्रोतले जनाएको छ।

जुत्ताभित्र लुकाई राखेको झण्डै १७ लाखकाे सुनसहित एक पक्राउ

काठमाडौं– कतार एयरलाइन्सको उडान नम्बर क्यूआर ६५२ द्वारा दोहाबाट काठमाडौं आएका काठमाडौं स्यूचाटार वस्ने सुमन गौतमलाई अवैध रुपमा ल्याएको १६ लाख ९९ सय हजार ४ सय ५५ रुपैयाँ मूल्य बराबरको सुनसहित सोमबार प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्