८ वैशाख २०८१ शनिबार
समाज

२२ पोका ब्राउनसुगरसहित २ पक्राउ

कोहलपुर– घरभित्र आगोमा पोलेर ब्राउन सुगर बनाउँदै गरेको अवस्थामा प्रहरीले दुई व्यक्तिसहित २२ पोका ब्राउनसुगर बरामद गरेको छ।

कोहलपुर–३ पिपलचौताराबाट ब्राउनसुगर बनाउँदै गरेको अवस्थामा चितन थारु र नारायण श्रेष्ठ पक्राउ परेका हुन्।

विशेष सुराकीका आधारमा प्रहरी निरीक्षक नवराज पोखरेललको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। आगोमा पोलेर ब्राउनसुगर बनाउँदै गर्दा बिहीबार बेलुका ५ बजे २२ बोका ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुले ब्राउनसुगर बनाएर बिक्री गर्ने गरेको प्रहरीले जानकारी दिएको छ।  

 

प्रकाशित: ९ असार २०७३ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App