१६ आश्विन २०८१ बुधबार
image/svg+xml

आरक्षण बढाउन सांसदको माग

राज्य व्यस्था समितिका सांसदले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले निकालेको विज्ञापनमा आरक्षण कोटा बढाउन माग गरेका छन्।

पाँचथर सामूहिक हत्या प्रकरण संसदमा प्रवेश, गृहमन्त्रीसँग जवाफ माग

प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन्।

करारका कर्मचारीलाई उपदान दिने व्यवस्था गर्न कांग्रेसको माग

समितिकी सदस्य रामकुमारी झाँक्रीले खुला प्रतियोगिताबाट सहसचिव नियुक्त गर्ने व्यवस्था प्रभावकारी नहुने पनि बताइन।

बजेटअघि नै स्थायी राजधानी तोक्न माग

प्रदेश ३ को आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट भन्दा अघि नै स्थायी राजधानी तोक्न सांसदहरुले माग गरेका छन्। प्रदेश सभामा विहिबार स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधिबारे छलफलमा सहभागी हुँदै सांसदहरूले मतदानको मिति यथाशीघ्र तोक्न माग गरेका हुन्। नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश ३ का मुख्य सचेतक रामेश्वर फुयाँलले स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधिबारे छलफलका लागि प्रस्ताव गरेपछि सांसदहरूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

२ सय २४ जना वकिलको दरबन्दी थप्न सरकारसँग माग

विगत ५ वर्षयता सरकारी वकिल सामू ६५ प्रतिशत बढि मुद्दाको बोझ थपिएको पनि स्पष्ट पारे। हाल महान्यायाधिवक्ताको कार्यालय र मातहतका कार्यालयमा सरकारी वकील ४ सय ४० सहित १५०४ जनाको दरबन्दी रहेको छ। त्यसमा अरु जनशक्ति नथप्ने हो भने सरकारी वकीलहरुले आफ्नो कार्य सम्पादन गर्न नसक्ने महान्यायाधिवक्ताको कार्यालयको निष्कर्ष छ।

कटवाल ट्रस्टबाट २८ जनालाई छात्रवृत्ति

पूर्वप्रधानसेनापति रुक्मागत कटवाल संरक्षक रहेको ‘रुक्मागत कटवाल ट्रस्ट’ ले यस वर्ष २८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको भएको छ।

सडकमै सुतेका चिया श्रमिक भन्छन्, 'माग पूरा नगरे पछि हट्नेवाला छैनाैं'

बिर्तामोडस्थित बिएन्डसी हस्पिटलछेउबाट सुरु भएको श्रमिकको -याली मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। त्यसपछि पूर्व–पश्चिम राजमार्गमै सुतेर विरोध जनाएपछि दिउँसो १ देखि साढे २ बजेसम्म लामो तथा छोटो दूरीका सवारीसाधनसमेत ठप्प भएका थिए।

राजधानी नदिए आन्दोलनमा उत्रने धरानकाे चेतावनी

प्रदेश सभामा नाम र राजधानीको प्रस्ताव दर्ता गर्ने मिति सँघारमा आएको र नेकपाले राजधानी तोक्दा धरानमा कुनै पनि संरचना ल्याउने सम्भावना नरहेपछि धरानका राजनीतिक दल र नागरिक समाज आन्दोलनमा उत्रिएका उनीहरुले बताएका छन्।

चार महिनापछि खुल्यो गोठी ज्युला— कालाकाँडा सडक

चार महिना देखि अवरुद्ध रहेको गोठी ज्युला कालाकाँडा गम्था सडक खण्ड सोमवार देखि सुचारु भएको छ । जुम्लाको सिंजा गोठी ज्युला देखि मुगुको कालाकाँडा हुँदै खमाले गम्था जोड्ने सडक निर्माण गर्दा मुगु तर्फका नेताहरुले आसपासका वस्तिहरुमा विकास निर्माणका काम गरिदिने सहमति गरेका र अहिले सडक आसपास रहेका कनका सुन्दरी गाउँपालिका वडा नम्बर ३ मा पर्ने लुम,गौरी, ओखरपाटा, बुडु , माझ बुडुलगायतका बस्तीहरुमा सडक जोड्ने सहमति भएपछि स्थानीयले गरेको अबरोध हटेको हो ।

राई र विश्वकर्माबीच मागी विवाह

शनिबार र आइतबार धरानका एक नवविवाहित जोडी एकाएक अनलाइन मिडिया र सामाजिक सञ्जालमा भाइरल भयो । कारण थियो दलित समुदायकी बेहुली र गैरदलित समुदायका बेहुलाबीच भएको मागी विवाह । बेहुला हुन्, हाल धरान उपमहानगरपालिका–१३ का नवीन राई । बेहुली धरान–१५ की सुष्मा कालिकोटे (विश्वकर्मा) । पुरातन नेपाली समाज र सोचको भाषामा भन्ने हो भने बेहुला कथित पानी चल्ने र बेहुली कथित पानी नचल्ने जात । यी दुई जातिबीचको बिहेवारीलाई अझै पनि नेपाली समाजले सहज रूपमा पचाउन सकेको छैन । तर नवीन र सुष्माले आधा दशक लामो चिनजान र प्रेमलाई सहज रूपमा विवाहमा परिणत गरे । उनीहरूको निर्णयलाई दुवैका परिवारले सहर्ष स्वीकार पनि गरे ।

दिल्लीबाट नेपाल आएको बसमा भेटियो बम बनाउने बिष्फोटक सामाग्री

छिमेकी मुलुक भारतको नयाँ दिल्लीबाट नेपाल आएको बसमा बम बनाउने बिष्फोट सामाग्री बरामद भएको छ। पश्चिमी नाका कैलालीको गड्डा चौकी हुँदै काठमाडौं आउँदै गरेको बसबाट उक्त बम बनाउने बिष्फोट सामाग्री बरामद भएको हो।

यूएई दूतावासका कर्मचारी नै ‘दलाल’

दूतावासका उपप्रमुख सागर फुयालले म्यानपावरका सञ्चालकसँग पैसा लिएर मागपत्र प्रमाणीकरण गर्नेदेखि आफूनिकट व्यक्तिलाई यूएईका कम्पनीको मागपत्र मात्र प्रमाणीकरण गर्ने गरेको तथ्य नागरिक न्युजले फेला पारेको छ।

विश्व बजारमा नेपाली कफीको माग धेरै छ : पूर्वप्रधानमन्त्री दाहाल

सरकारले देश समृद्धिको आधार तय गरिरहेको बेला गरिएको सम्मेलनले कफी खेतीको उत्पादन, प्रशोधन, बिक्री वितरणका लागि बजार प्रवद्र्धनका योजना तथा कार्यक्रम बनाउन सहज हुनेमा उनले जोड दिए।

बाँकेमा रगतको माग बढ्दो

बाँकेमा सञ्चालित अस्पतालहरुमा आउने बिरामीको सङ्ख्या बढेसँगै अहिले दैनिक सरदर ४० देखि ४५ पिन्टसम्मको रगत माग हुने गरेको नेपाल रेडक्रस क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ।

मुआब्जा माग्दै धादिङबेंसीमा प्रदर्शन

बूढिगण्डकी जलविद्युत् आयोजनापीडितले मुआब्जा माग गर्दै शुक्रबार सदरमुकाम धादिङबेंसीमा प्रदर्शन गरेका छन्। आयोजनाको मुख्य बजार क्षेत्रमा पर्ने घरजग्गाको मुआब्जा तोक्न ढिलाइ भएको भन्दै सरोकारवालाले प्रदर्शन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्