२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

चुनावमा एमालेले बहुमत ल्याउँछ:ओली

‘हामीले जनताबीच जाने बाटो चाहेका थियौं, त्यसलाई रोकेर परमादेश ल्याइयो’, ओलीले भने, ‘एमालेका लागि होइन,यो देशको रक्षाका लागि पनि एमालेले अब हुने चुनावमा बहुमत ल्याउनुपर्छ, ल्याउँछ।’

को नक्कली,को सक्कली?

एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार नेपाल दुवैले एकले अर्कालाई नक्कली कम्युनिस्टको आक्षेप लगाइरहेका छन्।

१० बुँदेको औचित्य समाप्तः ओली

‘अब १० बुँदे, १० बुँदे, ट्यान्ड्याङ, ट्यान्ड्याङ गरिरहन आवश्यक छैन’, ओलीले भने, ‘माधव पार्टीमा रहन्छन् कि भनेर १० बुँदे गरियाथ्यो, अब केको १० बुँदे । अब १० बुँदेको गीत गाइरहनु आवश्यक छैन।’

ओली र दाहाललाई चुनावी चटारो

सार्वजनिक मञ्चहरूमा एकअर्काविरुद्ध गालीगलौजमा उत्रिएका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले आगामी चुनावलाई लक्षित गर्दै त्यसको तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

नेपाल र दाहालको उछित्तो काढ्दै ओली

ओलीले सुरुमै नेपाललाई गाली गर्दै उनी पार्टीमा आए फेरि विभाजन हुने बताए। उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेपाललाई एमालेमा आउन गरेको आग्रहप्रति ओलीको भनाइ लक्षित थियो।

ओलीको रिटमा २८ गते पेसी

ओलीले एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) दल र पार्टीले कारबाही गरेका प्रतिनिधिसभा सदस्यको पद बदरको मागसहित बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। एमालेको बैठकबाट कारबाही गरिएका पार्टीका प्रतिनिधिसभा सदस्यलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरी नयाँ पार्टी खोल्न सघाएको भन्दै ओलीले रिट निवेदन दर्ता गराएका हुन्।

कार्यकर्ता तान्न ओली–नेपाल होडबाजी

ओलीले केन्द्रीय समितिमा रिक्त ५५ सदस्यमा तत्कालीन वरिष्ठ नेता नेपाल पक्षका नेताहरूमध्येबाटै राख्ने भएका छन्। २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जना नेकपा एस मा लागेपछि ती पद रिक्त भएका हुन्। खाली स्थानमा विगतमा नेपाल खेमामा रहेका नेताहरूलाई मनोनयन गरिने भएपछि धेरै नेता नेकपा एस मा नजाने आकलन गरिएको छ।

जसजसको गठबन्धन बने पनि एमाले एक्लै लड्छ: ओली

अध्यक्ष ओलीले भने, ‘एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा छ, कसैले नचिताए हुन्छ। एकएक दर्जन मान्छे भएका १० पार्टी मिल्दा कति हुन्छ ? १० दर्जन नै त भए होला नि होइन ? अरू सबै जोड्दा पनि एमालेको कम्मरकम्मर मात्रै आउने हुन्।’

वाग्मती प्रदेश सरकार: पूर्णता नपाउँदै धरापमा

संघीय प्रतिनिधिसभाको निर्वाचनमा यी दुवैलाई टिकट नदिएर मुख्यमन्त्री बनाउने भन्दै प्रदेशसभा निर्वाचनमा टिकट दिइएको थियो। नेपाल खेमामा रहेका दुवैले चुनाव जिते। चुनाव जितेपछि अध्यक्ष ओलीकै प्रत्यक्ष दबाबमा उनीहरूलाई प्रदेशसभा संसदीय दलको नेतामा सर्वसम्मत हुन नदिई निर्वाचन गरेर हराइयो।

अझै पार्टीको नेतृत्व गर्ने ओलीकाे संकेत

‘म स्वाभाविक रुपमा अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रयास गर्छु। अर्को व्यवस्था नभएसम्म वा कसैले चुनौती नदिएको अवस्थासम्म अध्यक्ष हुन्छु।’

एमाले अध्यक्ष ओलीको दावीः अबको निर्वाचनमा बहुमत ल्याएर देखाउँछौं

'अबको निर्वाचनमा बहुमत ल्याएर देखाउँछौं। किनभने पार्टीमा खुट्टा तान्ने तत्वहरु छैनन्। अगाडि बढ्न खोज्यो, खुट्टा तान्ने, उम्मेदवार बनाउन खोज्यो नजित्नेलाई अघि सार्ने, जो पार्टीप्रति समर्पित छैन उसलाई उम्मेदवारको रुपमा अघि सार्नु पर्छ भन्ने,' उनले भने,'अहिले फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछिपछि कुद्ने छन् नि, यस्ता तत्वहरु नभएपछि पार्टीले स्पष्ट बहुमत ल्याउनेछ।'

महतोको अभिव्यक्तिप्रति आपत्ति

विगतमा ओलीका कटु आलोचक र अहिले सारथि बनेका महतोले सरकारमा सहभागी भएलगत्तै मुलुकको संविधान, राष्ट्रिय एकता र अखण्डता विरोधी अभिव्यक्ति दिएका छन्। बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने बताएपछि उनी विवादमा परेका छन्।

‘कम्युनिस्ट आन्दोलन ध्वस्त पार्दै ओली’

एमाले माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलन छिन्नभिन्न र ध्वस्त बनाउन लागेको निष्कर्ष निकालेको छ। अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेपछि मंगलबार बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

नेता पाण्डेको अध्यक्ष ओलीलाई प्रश्नः प्रचण्डको मतियार तपाई हो कि अरु कोही?

उनले स्पष्टीकरण पत्रमा लेखेका छन्, 'मलाई 'प्रचण्डको मतियार’ भन्ने लगाउनु भएको आरोप मलाई हास्यास्पद लाग्यो। किनकि ०७४ अशोज १५ गते तपाई एक्लैले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र दुई पार्टीबीच सिटको बाँडफाँड गर्ने गोप्य सहमति गर्नु भयो।'

बैठकमा नेपाल समूहलाई ओलीकाे निम्ता

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई चैत ७ गते बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा आउन आग्रह गरेका छन्। एमालेको महिला संगठन अखिल नेपाल महिला संघद्वारा शनिबार राजधानीमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले नेपाल समूहलाई पार्टीमा सहयोग गर्न आउन पनि आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्