२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

'शुल्क नघटाए आन्दोलन'

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले निजी शैक्षिक संस्थाहरुले मनपरी ढंगले गरिएको शुल्क वृद्धि तत्काल फिर्ता नगरिए कडा आन्दोलनमा उत्रिने जनाएको छ। संघका नेताहरुले राजधानीमा पत्रकार सम्मेलन गर्दै सोमबार शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने र साउन १० सम्म शुल्क वृद्धिको विषयमा ठोस निर्णय नलिए सडक आन्दोलनमा उत्रिने जनाएको हो।

‘शक्ति केन्द्रीकरणमा लागिरहे ओलीतन्त्र छिट्टै समाप्त हुन्छ’

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रपथमा अगाडी बढेको आरोप लगाएका छन्।

‘ओली सरकारको कमजोरीले तराई डुब्यो, भारतसँग कुटनीतिक पहल गर्न नसक्दा जनधनको क्षति’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका केपी ओली नेतृत्वको सरकारले लोकतान्त्रिक मूल्य–मान्यताबिरुद्ध धावा बोलिरहेको जिकिर गरेका छन्। उनले सरकारको कदम नसच्चिए सत्तारुढ दलबाहेक अन्य सम्पूर्ण दल संगठित भएर कडा कदम चाल्ने चेतावनी दिए।

'सरकार माथिबाटै फर्कियाे, हामी जमिनको हाल बुझ्दैछौं'

नेपाली कांग्रेसका सभापतिसहितको टोलीले सिरहाको बाढी तथा डुबान क्षेत्रको स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीले सिरहाको कर्जन्हा गाउँपालिका, सिरहा नगरपालिका, औरही गाउँपालिकास्थित बाढीले अति प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको हो।

केन्याबाट उद्धार गरिएका १२ युवतीलाई नेपाल ल्याइयो

केन्याको डान्सबारबाट उद्धार गरिएका १२ नेपाली युवतीलाई काठमाडौं ल्याइएको छ। उनीहरुलाई बिहीबार साँझ हवाई मार्ग हुँदै काठमाडौं ल्याइएको हो।

लोकप्रिय बन्दै लोकगीत

नेपाली लोक संगीतमा आधुनिकता भित्रिएसँगै युवा पुस्ताको आकर्षण बढ्दै गएको छ। वृद्धवृद्धा होस् वा युवा युवती, लोक गीत सुन्न थालेका छन्। नेपाली जीवनशैलीको पहिचानलाई लिएर तयार हुने गरेका लोक गीतहरू समय सापेक्ष हुने भएकाले यसले आफ्नो श्रोताहरूको संख्या दिनानुदिन बढाइरहेको छ। सामान्य नेपाली जीवनको विभिन्न कथामा आधारित रहेर बनेका लोकगीतको लयले नेपालीपन समेट्ने गरेको छ।

कांग्रेस असन्तुष्ट नेतालाई मिलेर जान सुझाव

नेपाली कांग्रेसका असन्तुष्ट पक्षनिकट युवाहरूले पार्टीभित्रको बृहत्तर एकता कायम गर्दै १४औं महाधिवेशनको तयारीमा जुट्न नेताहरूलाई दबाब दिएका छन्। सभापति शेरबहादुर देउवाइतरका तरुणहरूले बिहीबार राजधानीमा राखेको भेलामा नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पार्टीको नेतृत्व मिलेर लिन आग्रह गरेका हुन्।

बाढी प्रभावित क्षेत्रको अवलोकनमा देउवा

नेपाली कांग्रेसका सभापति सहितको टोलीले महोत्तरीका बाढीले अति प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेको छ। टोलीले महोत्तरीको बाढीले अति प्रभावित सदरमुकाम जलेश्वर, मटिहानी, एकरहिया र वर्दिवास लगायतको क्षेत्रको स्थलगत अवलोकन गरेको हो।

बुद्धको मूर्ति तोडफोड घटनाको कांग्रेसद्वारा छानविन माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भगवान गौतम बुद्धको मूर्ति तोडफोड घटनाको छानविन गर्न माग गरेको छ।

नेपाली क्यानभासमा हलिउड सुपर हिरोहरू

हलिउडको सुपरहिरो फिल्म ‘वन्डर वुमन’ की मुख्य पात्र राजकुमारी डायना संसारभर शान्ति स्थापना गर्न लागिपरेकी छन्। स्वयम्भूमा खुकुरी समातेर शान्त स्वभावमा बसेकी ‘वन्डर वुमन’ की मुख्य पात्र राजकुमारी डायनाको डिजिटल प्रिन्टका क्यानभासहरू बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीका भित्तामा झुन्ड्याइएका छन्। नेपाली सांस्कृतिक सम्पदाको परिचय दिँदै उनका डिजिटल प्रिन्ट पुरुष सुपरहिरोको भीडमा अलग देखिएको छ।

नेपाली इन्जिनियरलाई जापानमा रोजगारी

नेपाली इन्जिनियरहरूले जापानमा रोजगारी पाउने भएका छन्। जापानस्थित ह्युमन रिसोर्सिया कम्पनी लिमिटेडमार्फत नेपाली आइटी इन्जिनियरलाई रोजगारीको व्यवस्था गर्न लागिएको हो। कम्पनीका व्यवस्थापक हाजिमी असहराको नेतृत्वमा बुधबार नेपाल आएको ६ सदस्यीय (दुई नेपालीसहित) टोलीले इन्जिनियरहरूसँंग अन्तर्वार्ता लिएको छ। भक्तपुरको चाँंगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ उत्तीर्ण र अन्तिम सेमेस्टरमा अध्ययनरत २८ विद्यार्थी अन्तर्वार्तामा सहभागी भए।

कर्मचारीलाई ६० वर्षमा पेन्सन दिनुपर्ने कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले ६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। काँग्रेस नेता दिलेन्द्रप्रसाद बडुले ६० वर्ष उमेर पुगेका कर्मचारी मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।

रमेश लेखकको चेतावनीः सरकार समयमै नसुध्रिए व्यवस्था फेरिने खतरा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता तथा सम्वादको पक्षधर भएकोले विप्लवसँग पनि वार्ता तथा सम्वादमार्फत नै सहमति खोज्नुपर्ने बताएका छन्।

कांग्रेस सांसदः ‘संसदीय समिति बैठक स्थगित गर’, नेकपा सांसदः ‘हुँदैन’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन्।

बाढीपहिरो पीडितलाई कांग्रेस सांसदले ५ दिनको तलब दिने

नेपाली कांग्रेसका सांसदले देशभरका बाढीपहिरो पीडितलाई ५ दिनको तलब दिने भएका छन्। प्रतिनिधिसभामा बाढीपहिरोबारे छलफल गर्न जरुरी महत्वको प्रस्ताव दर्ता गराएको कांग्रेसको संसदीय दलले सोमबार आफ्ना सांसदको ५ दिनको तलब बाढीपहिरो पीडितलाई दिने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्