४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एमालेमा उमेर हद विवाद

नेकपा एमालेमा ७० वर्षे उमेर हद र पदाधिकारीबारे विवाद उत्पन्न भएको छ। विधान महाधिवेशनअघि बसेको केन्द्रीय कमिटी बैठकमा उमेर हद हटाउने कि राख्ने, पदाधिकारीको संख्या बढाउने कि प्रस्तावितलाई नै कायम गर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको हो।

एमाले बैठकः टोली नेताद्वारा प्रतिवेदनमाथि सुझाव पेस गर्दै

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पेस गरिएका प्रतिवेदनमाथि टोली समूहका नेताले सुझाव प्रस्तुत गरिरहेका छन्।

एमाले केन्द्रीय कमिटी बैठकः प्रस्तुत प्रतिवेनमाथि समूहगत छलफल जारी

नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल जारी छ। प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ।

एकीकृत समाजवादीले गर्‍यो पदाधिकारी चयन, महासचिवमा बेदुराम भुसाल (सूचीसहित)

नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गरेको छ। आज बस्ने केन्द्रीय कमिटी बैठकमा एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसालकाे नाम चयन गरेकाे समाजवादीका प्रचार विभाग प्रमुख जगननाथ खतिवडाले जानकारी दिए।

एमालेमा १६ पदाधिकारी प्रस्ताव: आलोचना भएपछि पुरानै मोडल

पार्टीमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ७० वर्षे उमेर हदको विषय रहेको छ। विधान मस्यौदामा त्यो विषय नवौं महाधिवेशनकै निरन्तरता हो। त्यसो हुँदा आउँदो फागुनमा केपी ओलीको उमेर ७० वर्ष पूरा हुनेछ। मंसिरमै महाधिवेशन भए एक कार्यकालका लागि उनले अध्यक्ष बन्न पाउनेछन्।

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरु भएको छ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा (एमाले) बाट नेता माधवकुमार नेपाल पक्ष अलग भई नयाँ पार्टी दर्ता गरेपछि आज पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्दैछ। बैठकमा विगतमा नेपाल पक्षमा रहेका १० जना स्थायी कमिटीका सदस्यको पनि सहभागिता हुनेछ।

ओलीको एकलौटीले एमाले एकता झनै टाढा

अध्यक्ष ओलीले पार्टीका सबै गतिविधि एकलौटी रूपमा अघि बढाउँदा नेपाल समूह अब आफ्ना लागि एमालेमा ढोका बन्द भएको अर्थ निकाल्दैछ।

नेपाल पक्षको बैठक: नेतृत्वलाई आत्मालोचना गर्न माग

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि नेतृत्वले आत्मालोचना गर्नुपर्नेमा जोड दिइएको छ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

आज नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्दैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो।

खनाल–नेपाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

नेकपा (एमाले) ले बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि आजका लागि बैठक बोलाएका थिए। आजको बैठकमा महाधिवेशन आयोजक कमिटी गठन गरिनेछ।

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली दाउ

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै आफ्ना विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी पुनर्गठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्‍याएर पार्टी कब्जा गर्ने रणनीति लिएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु, एमालेमा गएका नेताहरुलाई कारबाही गर्ने तयारी

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीति तय गर्नका लागि बोलाइएको बैठक केहीबेरअघि सुरु भएको नेतृ पम्फा भुसालले जानकारी दिइन्।

एमालेमा २३ जना केन्द्रीय कमिटीमा मनोनित, नेपाल पक्ष बेखरबर

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माधव नेपाल पक्ष भने सहभागि थिएनन्। माओवादी केन्द्रबाट आएकाहरुलाई केन्द्रीय कमिटीमा लगिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्