१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु, एमालेमा गएका नेताहरुलाई कारबाही गर्ने तयारी

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीति तय गर्नका लागि बोलाइएको बैठक केहीबेरअघि सुरु भएको नेतृ पम्फा भुसालले जानकारी दिइन्।

आजको बैठकमा नयाँ सरकार गठनका लागि सम्भावित समीकरणका विषयमा छलफल हुनेछ। यस्तै, बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म विभिन्न राजनीतिक दलसँगको छलफलबाट आएका प्रस्तावका विषयमा जानकारी दिनेछन्।

यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्रबाट मन्त्री भएका गृहमन्त्री रामबहादुर थापासहितलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। उनीहरुका सम्बन्धमा आजको बैठकले थप निर्णय गर्ने सम्भावना रहेको एक जना स्थायी कमिटी सदस्यले बताए।

शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले माओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको थियो।

नयाँ सरकार गठनका विषयमा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गर्दै आएको छ।  

प्रकाशित: १ चैत्र २०७७ ०६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App