१ मंसिर २०८१ शनिबार
image/svg+xml

वैशाखमा नेपालकाे पहिलाे भूउपग्रह प्रक्षेपण गरिने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ। जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो।

यस्तो देखियो सेना दिवस (फोटो फिचर)

नेपाली सेनाले सेना दिवस विशेष कार्यक्रम गरेर मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट व्यक्तिहरु सहभागि भए।

प्यारासुट नखुलेपछि नेपाली सेनाका हवल्दार घाइते

राजधानीको टुँडिखेलमा सैनिक दिवस मनाउने क्रममा प्यारासुट जम्पिङका क्रममा प्यारासुट राम्राेसँग नखुलेपछि नेपाली सेनाका हवल्दार पूर्णबहादुर भण्डारी घाइते भएका छन्।

प्यारासुट अनियन्त्रित हुँदा एक सैनिक घाइते

प्यारासुट जम्पिङका क्रममा प्यारासुट अनियन्त्रित हुँदा नेपाली सेनाका एक सैनिक घाइते भएका छन्। प्यारासुट उडाउने क्रममा एक सेना घाइते भएका नेपाली सेनाका प्रवक्ता याम ढकालले बताए।

नेपाली संस्कृति र राष्ट्रियता

हाम्रो देश नेपाल र हामी नेपाली भनी कहिले र कुन समयदेखि पहिचान भएको हो भन्ने आजसम्म एकिन गर्नसकिएको छैन। त्यसको खोजिनीति र अध्ययन/अनुसन्धानमा पनि खासै नेपाली विद्वान् तथा अन्वेषक लागिपरिरहेका छैनन्। लोक आख्यान, दन्त्य कथा, लोक कथा र वंशावली तथा अन्य साहित्यका आधारमा नै हामीले हाम्रो देश नेपाल र हामी नेपाली भनी पहिचान गर्ने गरिरहेका छौंँ। तर आजको विश्वको बौद्धिक जगतले कुनै ठोस वस्तुगत प्रमाणहरू र पुरातात्विक प्रमाणहरूका आधारमा मात्र हाम्रो देश नेपाल र हामी नेपाली हौंँ भनीप्रमाण जुटाइ देखाउनुपर्ने हुन्छ। यस दिशातर्फ विदेशी विद्वान्हरूले मात्र होइन, हामी आफैँ पनि अग्रसर हुनु जरुरी छ।

नेविसंघमा समानान्तर समिति बनाउने सिटौला समूहको संकेत

नेपाली कांग्रेसमा तेस्रोधारको दाबी गर्दै आएको कृष्णप्रसाद सिटौलाको समूहले भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा समानान्तर समिति बनाउने संकेत गरेको छ। कांग्रेसको शक्तिशाली र प्रमुख भ्रातृ संगठनको रूपमा रहेको नेविसंघमा सिटौला समूहका प्रभाव छ।

नेविसंघको तदर्थ समिति गठनमा किन हुँदैछ ढिलाई?

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले माघ २८ मा राजीनामा दिए । महरको राजिनामासँगै संघ अहिलेसम्म नेतृत्वविहीन भएको छ।

सुनको मूल्य दुई सयले घट्यो

आइतबार नेपाली बजारमा सुनको मूल्य पाँच सयले घटेको छ। शुक्रबार ६१  हजार ७ सयमा कारोबार भएको प्रतितोला सुन आइतबार २ सय रुपैयाँले घटेर ६१ हजार पाँच सयमा कारोबार भएको छ।

‘मैथिली’ नेपालीपछिको उत्कृष्ट भाषा : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मैथिली नेपालीपछिको उत्कृष्ट भाषा रहेको बताएका छन्। मैथिली विकास कोषले आयोजना गरेको छ दिवसीय ‘जनकपुर साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव’ लाई शनिबार उद्घाटन गर्दै देउवाले प्रचिनकालीन मिथिला संस्कृतिको पुनरुत्थानमा जोड दिनुपर्ने बताए।

‘मृत्युदण्ड’अघिको त्यो पत्र

२०५८ साल फागुन २६ गतेदेखि १८ दिन अपहरणमा परेका प्रावि हरिगातिनाका २४ बर्षीय शिक्षक तिलकराम नेपालीलाई तत्कालिन विद्रोही माओवादीले ‘मृत्युदण्ड’ दिनुअघि अन्तिम इच्छा सोधे। रोल्पा नगरपालिका धनमुढाका नेपालीले आफ्नो परिवारलाई चिठ्ठी लेख्ने माग राखे। केही समयमा आफू मारिने जानकारी पाएका उनले २०५८ साल चैत १२ गते राती ९ बजे परिवारलाई ८ पेज लामो पत्र लेखे, ‘जन्म दिने बुवाआमा एक एक वटा साइनो भएका मुटुको टुक्रा जस्तो भाई श्रवण, बहिनी दुर्गा, श्रीमती मिना र छोरा जयन्द्रमा मेरो साइनो अनुसार दण्डवत प्रणाम र आर्शिवाद छ।’

सरकारले धुलो र हिलोबाहेक केही दिन सकेन : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले खानेपानी नभएको काठमाडौंमा कहाँबाट पानीजहाज आउँछ भनेर प्रश्न गरेका छन्।

सीमा वारपारमा मूल्यमा भारी अन्तर

वीरगञ्ज सहरसँगै जोडिएको नेपाल–भारतबीचको दशगजा पारि विहार प्रान्तको सीमावर्ती सहर रक्सौल छ। पारि गुड्ने भारतीय रेलको आवाज वीरगञ्जमा मज्जाले सुनिन्छ। दुवैतिर बसोबास गर्ने मानिसहरुको संस्कृति र खानाको शैली उस्तैउस्तै छ। सीमापारिका मानिसको थालमा पस्किने खाना र वारिका मानिसको थालमा पस्किने खानाको लागत (मूल्य) मा भने भारी अन्तर छ। उनीहरुले सस्तोमा उपभोग गर्ने खाना नेपालीले महँगोमा पाउँछन्।

काठमाडौंभन्दा पोखरा फेसनेबल

मलाई सानैदेखि नयाँ–नयाँ ड्रेसहरु लगाउन मन लाग्ने। खासै फेसनको आइडिया नभए पनि ट्रेन्डहरु फलो गर्थेँ। एसएलसी सकेपछि म ए लेभलमा भर्ना भएँ। यो पढाइ सकेपछि विदेश गएर पढ्ने भन्ने थियो। मलाई भने यहीँ केही गरौँ भन्ने सोचाइ आइरहने। पोखरामा फेसनसम्बन्धी पढाइ हुने एउटा मात्रै कलेज थियो। त्यहीँ भर्ना भएँ र पढ्न थालेँ।

फुटबल विकासमा चीनले सहयोग गर्ने

चिनियाँ फुटबल संघ (सिएफए) ले नेपाली फुटबल विकासमा सहयोग गर्ने भएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र सिएफएका कार्यवाहक अध्यक्ष तथा खेलकुद उपमन्त्री जु चाओचाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

प्रजातन्त्रमाथि आक्रमण भइरहेको छ : देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको प्रजातन्त्रमाथि अझै पनि प्रत्यक्ष र अप्रत्यक्षमा निरन्तर आक्रमण भइरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्