युवतीमाथि जवरजस्ती गरेको आरोपमा एक पक्राउ
युवतीमाथि जवरजस्ती गरेको आरोपमा यहाँका १ युवक मंगलबार पक्राउ परेका छन्। दिदीको घर आएकी युवतीलाई विहे गर्छु भन्दै फकाउँदा नमानेपछि जवरजस्ती हातपात गरी घाइते बनाएको आरोपमा त्रियुगा नगरपालिका १४ साउनेका सार्जन राईलाई मंगलबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।