दुःख पर्दा लगाएको गुनलाई चटक्कै बिर्सिदियौ
नीलहीरा भेटिएपछि सुनलाई चटक्कै बिर्सिदियौ, उज्यालो देखिएपछि जूनलाई चटक्कै बिर्सिदियौ। अलिकति पैसा मात्रै के कमाएका थियौ साथी! दुःख पर्दा लगाएको गुनलाई चटक्कै बिर्सिदियौ।
नीलहीरा भेटिएपछि सुनलाई चटक्कै बिर्सिदियौ, उज्यालो देखिएपछि जूनलाई चटक्कै बिर्सिदियौ। अलिकति पैसा मात्रै के कमाएका थियौ साथी! दुःख पर्दा लगाएको गुनलाई चटक्कै बिर्सिदियौ।
फेदीभन्दा निकै वर साँझ खस्यो। शिखाहरू आत्तिए। जीवन अघिअघि हिँड्यो। दुइटी बीचमा रहे। म पछिपछि हिंडें। सिमसिम पानी परिरहेको थियो। निकै पर भित्तामा एउटा गोठ जस्तो घर देखियो। ‘भित्र को हुनुहुन्छ? एक रात बास पाइएला?’ जीवनले सोध्यो।
बाँचुन्जेल अनेक संघर्ष गर्नुपर्छ यहाँ, सम्मान पाउनुभन्दा अघि मर्नुपर्छ यहाँ। जीवित हुँदा ‘कठै’ नभन्ने आफन्तले पनि, श्रद्धाञ्जली शब्द लेख्न अघि सर्नुपर्छ यहाँ।
सम्झनेले जति टाढा पुगे पनि सम्झेकै हुन्छन्, कोमल शब्दहरूले सुस्तरी यो हृदयमा छुन्छन्। मन बटारियो भने एउटै शहरमा बसेर के भो र! बादलमाथिको पन्छाएर बादलमुनिको चुन्छन्।
सियो बनाउनु छ नेपालमा, झुल बनाउनु छ,दुर्गम अनि विकट गाउँमा, स्कुल बनाउनु छ। स्विजरल्यान्ड, अस्टेलिया, बनाउनुभन्दा पहिले, खोला–खोलामा तुईन हटाई पुल बनाउनु छ।
कहिले लाग्छ जिन्दगी सधैं मधुमास जस्तो, कहिले लाग्छ जिन्दगी रित्तो क्यानभास जस्तो। जब यो छाती पीडाको तापमा जल्न थाल्छ, तब लाग्छ जिन्दगी साँझको आकाश जस्तो।
घात गरेरै मेरो मुटु पार्यौं सयौं चिरा, खुसी दिने भनीभनी मात्र दियौ पीडा। अब मैले भुलिसकें नसम्झेकै जाती, बिर्सी जाने पिरती त नगाँसेकै जाती।
सोच्नै सकिएन के नपुगेर विदेसियो संस्कृति किन मातेका छन् हाम्रा संस्कारहरू बाँसुरीको धुन बजाएर विरह ओकल्दै खोज्दै होलान् शहीद र पुर्खाहरूले देशको भविष्य!
घाम पश्चिमबाट उदाउँदै थियो चन्द्रमा पूर्वतिर सर्दै थियो आगो हिउँ जस्तै चिसो थियो हिउँ आगो जस्तै तातो थियो मानिसहरू हाँस्दा रोएजस्ता देखिन्थे रुँदा हाँसेजस्ता देखिन्थे खोलाको पानी उकालो बगिररहेको थियो पानी देखेर माछा भागिरहेका थिए यो आठौं आश्चर्य थियो।
पहिला अघि लाएर म्याऊँ गर्दै हिँड्यौ पछिपछि, घाँडो ठान्दै छाडिदियौ आफ्नो दुनो सोझिएपछि। ए मेरो तनका प्रेमी! अब तिमी नै भनिदेऊ मलाई! के म रणचण्डी बनौं र बनाऊँ तिमीलाई आत्मघाती?
म रुन्छु तिम्रो छातीमा रुन देऊ केहीबेर, पूरै माग्दिनँ जिन्दगी त्यो हुन देऊ केहीबेर। आगो जस्ता सम्झनाहरू छन् यो हृदयमा, पोले पनि सहन्छु बरू छुन देऊ केहीबेर।
प्रियतमका औंलाहरू कहिले प्रेयसीको हातमा कहिले उनको केशमा सलबलाइरहेको छ। यस्तो अलौकिक दृश्य देखेर उनीहरूका नयनहरू प्रफुल्ल छ्न् र प्रफुल्ल नयन जुध्दा अधर मुस्कुराउँछ। बिस्तारै साँझ छिप्पिंदै जान्छ पारि मन्दिरमा सन्ध्याका घण्टा र शंख बज्न थाल्छ्न् भने वारि बाराही घाटमा भजनसहित आरती बल्न सुरु हुन्छ।
स्वाभिमानलाई बेचेर झुटो भजन गाउनु छैन, अरूलाई रुवाएर उचाइमा पनि आउनु छैन। दुई दिनको यो यात्रामा लोभलालचले जेलिएर, आफ्नो दुनो सोझ्याउने मेलो मलाई त साउनु छैन।