२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

अरूलाई रुवाएर उचाइमा पनि आउनु छैन

मुक्तक

गंगा खड्का  

   १) मुक्तक

देशका लागि ज्यानको हाँसेर आहुति दिए,

नमानी दुःख रत्तिभर आँसुको घुड्की पिए।

सलाम छ त्यागी र वीर सपुतहरूलाई,

जसले लोभलाई कुल्ची कर्तव्य रोजी लिए।

      २) मुक्तक

माछामाछा भ्यागुतो गर्नलाई नि जानेका रहेछौ,

आफ्नो स्वार्थलाई अचुक अस्त्र पो मानेका रहेछौ।

रङरोगन बदलिरहने सीप भएर होला,

तिमीले आफूलाई सुपर हिरो ठानेका रहेछौ।

    ३) मुक्तक

सूर्य बरु उदाउला पश्चिममा तिम्रो माया मर्ने छैन,

एकपटक ठाउँ दिएपछि मनले घात गर्ने छैन।

अनुपम छ तिम्रो माया मेरो अन्तिम सास चलेसम्म,  

ओइलाएको पातझैं यो जीवनबाट कवै झर्ने छैन।

      ४)  मुक्तक

स्वाभिमानलाई बेचेर झुटो भजन गाउनु छैन,

अरूलाई रुवाएर उचाइमा पनि आउनु छैन।

दुई दिनको यो यात्रामा लोभलालचले जेलिएर,

आफ्नो दुनो सोझ्याउने मेलो मलाई त साउनु छैन।

  ५) मुक्तक

तिमीले मलाई हाँस्दाहाँस्दै रुन सिकायौ,

हररात आँसुले सिरानी धुन सिकायौ।

फूलको बदलामा नि पत्थरले हानेर,

जस्तालाई त्यस्तै मान्छे हुन सिकायौ।

प्रकाशित: १७ माघ २०७८ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App