२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

घाँडो ठान्दै छाडिदियौ आफ्नो दुनो सोझिएपछि

मुक्तक

कृष्ण बाउसे

      १) मुक्तक

अरूको भाग्य बलेको देख्दा खुसियाली मनाएको छु,

अरूका ओठ चलेको देख्दा गीतहरू गुनगुनाएको छु।

मलाई गुमनाम देखेर नदुख्न्नू मेरा शुभचिन्तकहरू!

मैले त आफूलाई भुलेरै जीवनको आनन्द पाएको छु।

        २) मुक्तक

तिमी न त अलिकति पनि सत्यवादी रहेछौ श्रीमान्,

तिमी न त सकली अनुहारमै देखिँदारहेछौ श्रीमान्!

तिमीसँग मायाको अपेक्षा गर्नु मेरो नै भूल रहेछ,

तिमी त सधैं आफ्नै बारेमा मात्र सोच्दारहेछौ श्रीमान्!

      ३) मुक्तक

मन्दिरको अनुहार फेरिरहेको थियो चतुरे साधुले,

उसलाई भरथेग पनि गरेकै थिए गोपिनीका बाजुले।

सिद्ध हुँ भन्थ्यो! जजकको उद्योगमा पक्राउ परेछ,

भन्छन्–उसलाई सताएको थियो पवितो काजुले।

       ४) मुक्तक

सिंह, बाघ,भालु , सर्प, गोरिल्ला, हात्ती, गैंडा, गोही,

ह्वेल, सार्क, अर्ना, हिप्पो – उसँग नडर्ने छैन कोही।

तर यस महामारीविरुद्ध मान्छेको केही जोड चलेन,

नयाँ कोरोनाले मार्यो भन्दै ऊ बसेको छ आज रोई।

    ५) मुक्तक

पहिला अघि लाएर म्याऊँ गर्दै हिँड्यौ पछिपछि,

घाँडो ठान्दै छाडिदियौ आफ्नो दुनो सोझिएपछि।

ए मेरो तनका प्रेमी! अब तिमी नै भनिदेऊ मलाई!

के म रणचण्डी बनौं र बनाऊँ तिमीलाई आत्मघाती?

प्रकाशित: १७ माघ २०७८ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App