२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

सियो बनाउनु छ नेपालमा

मुक्तक

प्यासी अमर श्रेष्ठ

       १) मुक्तक

सियो बनाउनु छ नेपालमा, झुल बनाउनु छ,

दुर्गम अनि विकट गाउँमा, स्कुल बनाउनु छ।

स्विजरल्यान्ड, अस्टेलिया, बनाउनुभन्दा पहिले,

खोला–खोलामा तुईन हटाई पुल बनाउनु छ।

       २) मुक्तक

गधालाई नुहाएर, गाई हुँदैन,

सिमानाका दुस्मन, भाइ हुँदैन।

धोती लाएर सगरमाथा चढ्दैमा,

हिमाल जति सबै, तराई हुँदैन।

   ३) मुक्तक

जन्मी खेली हुर्केको, घर छोडेर आयौ,

बाआमा दाजुभाइको,भर छोडेर आयौ,

त्यो त दुईचार दिनमा खेल्दै जाँदा भुल्न सकौला,  

साँच्चै कुरा लेख्नै गरेको, थर छोडेर आयौ।

प्रकाशित: १७ माघ २०७८ १५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App