कृष्णदेव रिमाल
१) मुक्तक
चहार्दै आएँ यादका फाँटहरू,
छर्कंदै आएँ साहस र आँटरू।
तैपनि नजर बैगुनमा लाउँछौ,
यता सुन्दैनौ,सुन्छौ ढाँटहरू।
२) मुक्तक
एकै बित्ता दुरीभित्र कैयौं भेटिएथे,
कहाँकहाँ पुगी केके प्यास मेटिएथे।
कस्को मात्र कान भर्नु भीड हजारमा!
भलो गरौं भन्दा उनी आफैं सेटिएथे।
३) मुक्तक
हामी पनि चौतारीमा बस्यौं जिन्दगीमा,
बात मा¥यौं बातमा नै फस्यौं जिन्दगीमा।
कविता भो जिन्दगी यो लेखेको थें मैले,
एक अर्को हृदयमा पस्यौं जिन्दगीमा।
४) मुक्तक
सम्झनेले जति टाढा पुगे पनि सम्झेकै हुन्छन्,
कोमल शब्दहरूले सुस्तरी यो हृदयमा छुन्छन्।
मन बटारियो भने एउटै शहरमा बसेर के भो र!
बादलमाथिको पन्छाएर बादलमुनिको चुन्छन्।
५) मुक्तक
अरूले दान दिएको देख्यो भने ऊ पनि दान गर्छ,
अरूले राहत लिएको देख्यो भने ऊ पनि आश गर्छ।
अचम्मको बानी कहिले दानी कहिले बन्दछ लोभी,
आफ्नो कान छाम्दैन कागको गुँडमुनि बास गर्छ।
प्रकाशित: १९ माघ २०७८ ०१:३६ बुधबार