दमकमा स्वाव परीक्षणको तयारी
झापाको दमकमा कोरोना शंकास्पद बिरामीको स्वाव परीक्षणको तयारी थालिएको छ। अन्तर्राष्ट्रिय अप्रवास संगठन (आइओएम)को दमकमा रहेको अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालालाई प्रयोग गर्ने तयारी भएको हो।
झापाको दमकमा कोरोना शंकास्पद बिरामीको स्वाव परीक्षणको तयारी थालिएको छ। अन्तर्राष्ट्रिय अप्रवास संगठन (आइओएम)को दमकमा रहेको अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालालाई प्रयोग गर्ने तयारी भएको हो।
काठमाडौँको असन र इन्द्रचोकको मध्यभागमा रहेको पुरानो घरको चौथो तलामा आगो लागेको प्रहरीले जनाएको छ।
जुम्लाको चन्दननाथ नगरपालिका २ का विष्णु भण्डारीको घरमा आइतबार बिहान ११ बजे आगलागी भयो। आगो लागेको दस मिनेटमै नगरपालिकाको दमकल पुथ्यो। तर दमकल छिर्ने ठाउँ नै भएन्। दमकल रोकियो, घर जलिरह्यो। सुरक्षाकर्मीले खेतका आली र घरका पर्खाल फाडेर दमकल अटाउने बाटो बनाए।
दमक नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयका अनुसार गर्मी र वर्षासँगै फैलिएको डेंगु रोगबाट हालसम्म १९ जनामा संक्रमण देखिएको छ।
दमक नगरपालिकाबाट बिहीबार साँझ सालकको खपेटासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गर्मीयाममा आगलागीको जोखिम बढी हुन्छ। जिल्लाका अधिकांश स्थानीय तहसँग समयमै आगलागीलाई नियन्त्रणमा लिई क्षति न्यूनीकरण गर्न दमकल अभाव छ।
कलानिधि इन्दिरा संगीत महाविद्यालयले नागरिक दैनिकसहित कला, संगीत, गायन क्षेत्रमा योगदान पु-याउने स्रष्टालाई नगदसहित सम्मान गरेको छ। महाविद्यालयले स्थापनाको ५६ औं वार्षिकोत्सवको अवसर पारेर राजधानीमा बिहीबार आयोजना गरेको कार्यक्रममा समाचारमार्फत गीत संगीत विधामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रवद्र्धनमा योगदान दिएकोमा नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई ‘उपेन्द्रगोपाल कृष्णादेवी, पदमकृष्ण बाबाकुमारी कलानिधि संगीत सम्मान’ प्रदान गरियो।
भक्तपुरको हनुमानचास्थित गोर्खा इको प्यानलमा सोमबार राति आगलागी भएको छ। चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथली हनुमानचास्थित कारखानामा राति पौने तीन बजे आगलागी भएको हो। आगलागीबाट करिव ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
प्रदेश ३ सरकारले ५० वटा स्थानीय तहलाई एम्बुलेन्स, शववाहन र दमकल किन्न स्वीकृति दिएको छ। प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकले आवश्यकताअनुसार प्रचलित कानुनबमोजिम खरिद गर्ने गरी स्वीकृति दिने निर्णय गरेको हो।
बिहीबार बिहान सदरमुकाम मलंगवा नगरपालिका–१० स्थित ६ वटा पसलमा आगो लाग्दा ५९ लाख ५० हजार रुपैयाँभन्दा बढीको धनमाल नष्ट भयो। घटनास्थलबाट करिब एक किलोमिटर दक्षिण रहेको नगरपालिका कार्यालयमा दमकल नहुँदा आगलागीबाट ठूलो धनमालको क्षति व्यहोर्नुप-यो।
मलंगवा नगरपालिका–१० जिविस चोक निवासी शंकर गुप्ताले बाख्रा बाँध्ने गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट विहिबार बिहान २ बजे आगलागी सूरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा भूकम्प संग्रहालय बनाउने घोषणा गरेका छन्। २०७२ सालको भूकम्पलाई चित्रण गर्नेगरी संग्रहालय निर्माणको काम अघि बढाउने उनले बताए। आइतबार दमक नगरपालिकामा सुरु भएको साहित्यिक गोष्ठीको उद्घाटन गर्दै ओलीले दमकको उत्तरी क्षेत्रमा संग्रहालय निर्माणको काम थालनी गर्ने प्रतिबद्धता जनाए। त्यसका लागि राष्ट्यि पुनर्निर्माण प्राधिकरणसँग परामर्श सकिएको उनको भनाइ छ।
झापाको दमकमा निर्माण हुने चाइना नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क निर्माणका लागि एक सय एक जना जग्गाधनीले मुआब्जा बुझेका छन्। जग्गाधनीले मुआब्जावापतको १० करोडभन्दा बढी रकम बुझेका छन्।
पूर्व–पश्चिम राजमार्गमा पर्ने दमक कृष्णमन्दिरबाट झन्डै ६ किलोमिटर धुलाम्मे बाटोको यात्रापछि दमक नगरपालिका–३, दापगाछी पुगिन्छ। त्यहीं ठाउँमा दुई वर्षअघि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले १८ तले भ्यु टावरको शिलान्यास गरेका थिए।
चिनियाँ लगानीमा झापामा बन्ने भनिएको दमक क्लिन इन्डस्ट्रियल पार्कका लागि जग्गा अधिग्रहण सुरु भएको छ। त्यसका लागि चार सय ११ बिघा जग्गाको मुआब्जा वितरण थालिने भएको छ।