२५ कार्तिक २०८३ बुधबार
image/svg+xml

नेपालजस्ता देशलाई सहयोग गर्न विश्व समुदायको तयारी पर्याप्त छैन : परराष्ट्रमन्त्री खनाल

प्राकृतिक विपत्तिपछिको उद्धार र राहतमा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग पाए पनि दीर्घकालीन पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन नेपालले चुनौती सामना गरिरहेको उनले बताएका हुन्।

मन्दिर परिसरमा अन्धाधुन्ध पटाका, बच्चा बोकेकी महिलाको खास्टोमै अड्कियो रकेट

विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको प्रसिद्ध पाँचतल्ले (न्यातापोल) मन्दिर परिसरमै खुला रूपमा पटाका पड्काइँदा सयौँ वर्ष पुराना ऐतिहासिक काष्ठकला संरचना आगलागीको उच्च जोखिममा परेका छन्।

अभिभावकविहीन बालबालिकाले यसरी मनाए सामूहिक भाइटीका

यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन्।

जर्मन सेनाभित्रै महिला सैनिक असुरक्षित : ३८ प्रतिशतले भोगे यौ`न दुर्व्यवहार

रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको विवरणअनुसार यसबाट विशेषगरी महिला सैनिक बढी प्रभावित छन्।

युक्रेन द्वन्द्व रोक्ने प्रयास : रूस र युक्रेनबिच महत्त्वपूर्ण सहमति

रूसको प्रतिनिधिमण्डलका प्रमुख भ्लादिमिर मेडिन्स्की र युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गरेका रूस्तेम उमरोभले पनि बन्दी आदानप्रदानको योजनालाई पुष्टि गरेका छन्।

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य थियो ।

वर्षाले बिगार्‍यो भाइटीकाको रौनक, बालगोपालेश्वर मन्दिरमा भक्तजनलाई सास्ती

बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूको भाइटीका लगाउने भीड थियो।

दक्षिण कोरियामा रोजगारी बढ्दा पनि युवाले किन अवसर पाइरहेका छैनन् ?

जुलाईदेखि लगातार चार महिनासम्म रोजगारी वृद्धि एक लाखभन्दा माथि रहेको हो। यसले समग्र श्रम बजारमा सुधार देखिए पनि त्यसको लाभ सबै उमेर समूहमा समान रूपमा पुग्न नसकेको देखाउँछ।

इरानको धम्कीपछि अमेरिकी अर्थमन्त्रीले घर छाडे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका बेसेन्ट पछिल्लो समय इरानको अर्थतन्त्रमाथि आर्थिक दबाब बढाउने अमेरिकी अभियानको नेतृत्व गर्दै आएका छन्।

नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्)

हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाइदिने परम्परा छ।

‘जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ’

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ।

जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन, विशेष वित्तीय प्याकेज चाहियो: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालजस्ता जोखिममा रहेका मुलुकलाई विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन्।

भाइटीकाको दिन उपत्यकासहित विभिन्न जिल्लामा असिनापानी

भाइटीकाका दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा असिनासहित वर्षा भएको छ। बुधबार दिउँसो अचानक मौसम बदली भई वर्षा भएपछि चाडपर्वको चहलपहलमा सामान्य असर पुगेको छ।

अटो र स्कुटर ठोक्किँदा बालकसहित ७ जना घाइते, दुईको अवस्था गम्भीर

प्रहरीका अनुसार बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट करिब एक किलोमिटर टाढा शुक्लाफाँटा आरक्षको जंगल क्षेत्रमा पर्ने सडकखण्डमा बुधबार दुर्घटना भएको हो।

ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

चाडपर्वका बेला सर्वसाधारणलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्