१५ माघ २०७९ आइतबार

शिक्षा क्षेत्रमा समर्पित महिला सम्मानित

डिएभी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले काठमाडौं उपत्यका लगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलालाई सम्मान गरेको छ।

किन आवश्यक छ लैंगिक संवेदनशीलता?

समाजका हरेक लिंगका व्यक्तिलाई बिनासर्त सम्मानित महसुस गरी बाँच्नका लागि चाहिन्छ, लैंगिक संवेदनशीलताप्रतिको सामूहिक जवाफदेहिता

महिला उद्यमी महासंघको लैंगिक समानता विषयक छलफल

महिला उद्यमी महासंघ नेपालले अन्तर्राष्ट्रिय महिला दिवस–२०२२ को अवसरमा जिल्ला संघका सदस्यका साथै साझेदार संस्थाका प्रतिनिधि, विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने सफल महिला, साना तथा मझौला महिला उद्यमी, बैंकिङ सस्ंथा, जिइएसआई, एनजिओ, आइएनजिओका साथै नेपाल सरकारका प्रतिनिधिसँग दिगो भविष्यका लागि लैंगिक समानता विषयमा भर्चुअल सामूहिक छलफल गरेको छ।

महिला दिवसकाे अवसरमा ४ सय ४७ विपन्न महिलाहरूलाई खाने पकाउने ग्यास सिलिन्डर वितरण

११२ औँ अन्तर्राष्ट्रिय महिला महिला दिवसको अवसरमा बालिकाको शिक्षामा पहुच बढाउन कपिलवस्तु नगरपालिका वडा नम्बर १२ ले ४ सय ४७ विपन्न महिलाहरुलाई खाने पकाउने ग्यास सिलिन्डर बाँडेकको छ।

जानकी टेक्नोलोजी र एकएक पाइला फाउन्डेसनबीच सहकार्य

जानकी टेक्नोलोजीले एसएमएस सेवामार्फत नेपालमा स्वास्थ्य सेवा सक्षम बनाउन एकएक पाइला फाउन्डेसनसँग सहकार्य गरेको छ।

महिला तथा सज्जन बृन्द

गर्भदेखि सुरु हुने महिला हिंसा पलपलमा भईरहेको छ। सहरका स्तरीय मानिएका अस्पताल र मेरि स्टोपमा दैनिक हुने गर्भपतन मध्य ठूलो हिस्सा भ्रुण पहिचान पछिको हत्या हो। त्यसो त गाउँका सामान्य मेडिकलमा बेचिने बिभिन्न नामका औषधिहरु पनि प्रायः अवैध गर्भपतनका लागि प्रयोग हुन्छन्।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला उद्यमी महासंघको शान्ति पदयात्रा

महिला उद्यमी महासंघका पदाधिकारी र पूर्वअध्यक्षले शान्तिको प्रतीक बेलुन उडाएर उक्त कार्यक्रमको सुरुवात गरेका थिए। कार्यक्रममा महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले स्वागत मन्तव्य राखिन्। उक्त अवसरमा कार्यक्रमकी प्रमुख अतिथि आनी छोइङ डोल्मालाई सम्मान गरिएको थियो।

महिला मुक्तिको उकालो यात्रा

छोरीलाई हामीले पूजा गरेजस्तो गरेर बुहारीलाई भुक्तमान खेलाएका छौँ भने पनि त्यसको के अर्थ हुन्छ र ? आखिर मानिसले मानिसलाई गर्ने व्यवहार सही भयो भनेमात्र आदर्श समाजमा पुग्न सकिन्छ।

महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँः राष्ट्रपति

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गरेकी छन्।

महिला दिवसकै दिन चार छोराछोरीसहित आत्महत्या, हात बाँधिएको अवस्थामा शव फेला

अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा दैलेखको आठबीस नगरपालिकाकी एक महिलाले घरेलु हिंसाका कारण चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेकी छन्। आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुनिता बडुवालले १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया छोरी सरिता, १९ वर्षीय छोरा ललित र सात वर्षीया छोरी रजनीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशंका प्रहरीको छ।

‘सबल आर्थिक पक्षले मात्र दिवसको सार्थकता’

सोमबार विश्वभर १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा नेपाली श्रमिक महिलाले भने दिनभर शारीरिक परिश्रम गरेरै दिन बिताए। न उनीहरूले यो दिनको खास भेउ पाए न श्रीमान्को व्यवहारमा परिवर्तन नै।

समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन सक्दैन : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानता युक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकषर्ण गराएकी छन्।

किन मनाइन्छ ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस?

अन्तर्राष्ट्रिय महिला दिवस एक श्रम आन्दोलन थियो। जुन संयुक्त राष्ट्र संघले वार्षिक कार्यक्रमका रुपमा अनुमोदन गरेको थियो। सुरुवात सन् १९०८ मा सुरू भयो। जब १५ हजार महिलाहरूले न्यूयोर्क शहरमा काम गर्ने घण्टा कम गर्न, तलब बढाउन र मतदानको अधिकारको माग गर्दै विरोध प्रदर्शन गरेका थिए।

महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याएको जनाएका छन्।

गुगलले गर्‍यो महिलाको लागि विशेष चित्रमार्फत भिडियो सिर्जना

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभरमा मनाइदैँछ। यस अवसरमा हरेक महत्त्वपूर्ण दिन जस्तै गुगलले आज महिलाको लागि विशेष चित्रमार्फत भिडियो सिर्जना गरेको छ। डूडल पनि बनाएको छ। यो डूडल विशेष रूपमा महिलालाई सम्मान देखाउनको लागि सिर्जना गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्