२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जंगलमा बन्दुक भेटियो

मोरङको सुन्दरहरैंचा–५ स्थित नमुना सामुदायिक वनमा ३ थना भरुवा बन्दुक फेला परेको छ। सोमबार बिहान जंगलमा बन्दुक छ भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले लोड गरेको ३ थान भरुवा बन्दुक फेला पारेको मोरङ प्रहरीले जनाएको छ।

तीन दिनदेखि वार्ता प्रयास जारी

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिष्ट्रार र डिन कार्यालयमा गरेको अनिश्चितकालीन तालाबन्दी खोल्न विश्वविद्यालय हातामा आइतबारदेखि वार्ता शुरु गरिएको छ।

तेस्रो मुलुकसँगको व्यापार

नेपालसँग तेस्रो मुलुकबाट व्यापारका लागि उपयुक्त समुद्री बन्दरगाह छैन। यही बेला प्रस्तावित भारतको ओडिसा प्रान्तस्थित धमरा बन्दरगाह उत्तम विकल्प बन्न सक्ने देखिएको छ।

व्यवस्थापनमा व्यापक सुधार

कोलकाता बन्दरगाहले आफ्नो पूर्वाधार विस्तारसँगै प्रक्रियागत तथा व्यपस्थापकीय कुरामा व्यापक सुधार गरेको छ। तीन वर्षअघिसम्म नेपाली व्यापारका लागि भारतस्थित एकमात्र बन्दरगाह रहेको कोलकाताका प्रतिस्पर्धी थपिएका छन् ‘नयाँदुई बन्दरगाह’।

यस कारणले फेरिँदैछ कोलकता बन्दरगाह

कोलकताबन्दरगाहले आफ्नो पुर्वाधार बिस्तारसंगै प्रक्रियागततथाब्यपस्थापकीय कुरामाब्यापक सुधार गरेको छ। तीनबर्ष अगाडीसम्म नेपालीब्यपारका लागिभारतस्थित एक मात्रबन्दरगाह रहेको कोलकताकाप्रतिस्पर्धी थपिएका छन् ‘नयाँदुई बन्दरगाह’। आफ्नो सात दशक पुरानो सेवाग्राही नेपाललाई ब्यपारका लागिअन्यत्र जानबाट रोक्ने दबावमा कोलकताले ब्यपाक सुधार गरेको छ।

टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु

अमेरिकाको टेक्सस राज्यका दुई शहरमा बन्दुधकारीको अन्दाधुन्द गोली प्रहारबाट पाँच जनाको मृत्यु भएको छ।

जीर्ण कारागारमा अढाई गुणा बढी कैदीबन्दी

रौतहटको सदरमुकाम गौरस्थित जीर्ण कारागारमा क्षमताभन्दा अढाई गुण बढी कैदीबन्दी रखिएको छ। वर्षौंदेखि जीर्ण रहेको गौर कारागारको मूल भवन एक सय ८७ वर्ष पुरानो हो। राणाकालीन समय अर्थात् विक्रम संवत् १९८९ मा स्थापना गरिएको यो कारागारमा भवनमा त्यति बेला एक सय २० जना कैदीबन्दी राख्ने क्षमता थियो। झन्डै दुई सय वर्षअघि निर्माण भएको गौर कारागाार समयानुकूल मर्मत–सम्भार हुन नसक्दा दिनदिनै जीर्ण बन्दै गएको छ।

भाइरलका कारण शिक्षक बिरामी हुँदा स्कूल बन्द

कञ्चनपुरका स्वास्थ्य संस्थामा भाइरलका बिरामीको सङ्ख्या बढ्दै गएको छ। भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा दैनिक एक सयभन्दा बढी भाइरल ज्वरो, रुघाखोकी, टाउको दुख्ने बिरामी आइरहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ।

अन्तरिक्षमा नेपालको पहुँच स्थापित गर्न ‘राष्ट्रिय अन्तरिक्ष नीति’ बन्दै

अन्तरिक्षमा नेपालको पहुँच स्थापित गरी सन् २०२२ सम्ममा आफ्नै भू–उग्रह मार्फत सेवा उपलब्ध गराउने कार्यनीति अनुरुप सरकारले ‘राष्ट्रिय अन्तरिक्ष नीति २०७६’ तयार गर्दैछ।

‘विगतमा पड्किएका बम र बन्दुकको अर्थ थियो, अहिले विप्लवका गतिविधी गलत’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डेढ बर्षसम्म पनि संघीय कानुन नबन्दा संघीयता कार्यान्वयनमा समस्या देखिएको बताएका छन्।

अब कोलकातामा नेपालको आफ्नै ‘सिएफएस’

नेपाली भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन (सिएफएस) उपलब्ध भएको छ। मालवस्तु कन्टेनरमा लोड वा अनलोड गर्न, त्यसलाई गन्तब्यतिर पठाउन र व्यापारका लागि आएका मालवस्तुलाई तोकिएअनुसार दिशानिर्देश गरी अगाडि बढाउन बन्दरगाह र विमानस्थल नजिक ‘सिएफएस’ राखिन्छ।

गोरखामा रातिदेखि विद्युत अवरुद्ध, सञ्चार माध्यमसमेत बन्द

सोमवार साँझको चट्याङले नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखाको सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा क्षति पु-याएपछि विद्युत अवरुद्ध भएको छ।

मासिक आयात सय रेकभन्दा बढी

आर्थिक वर्ष २०६१/६२ मा वीरगन्जको सिर्सियामा सुक्खा बन्दरगाह सुरु हुँदा वर्षभरिमा कन्टेनर बोकेका मालबाहक रेल (रेक) ८५ वटा मात्र आएका थिए। बल्क कार्गो र बैग कार्गोको आयात शून्य थियो।

अवैधरुपमा सञ्चालित आधा दर्जन दुग्ध उद्योगमा शिलबन्दी

अनुमति बिना अवैधरुपमा सञ्चालित सिरहाको आधा दर्जन डेरी उद्योगमा शिलबन्दी गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा दुर्गन्धित तथा कागजपत्र बिनै सञ्चालन गरिरहेको पाइएपछि छ वटा डेरी उद्योगमा शिलबन्दी गरिएको हो।

औद्योगिक कच्चा पदार्थको सट्टा मदिरादेखि खुर्सानीसम्म

तेस्रो मुलुकसँगको व्यापारका लागि रेलमार्फत भारतीय बन्दरगाहबाट जोडिएको मुलुकको एक मात्र सुक्खा बन्दरगाह भएर हुने आयातको स्वरूप फेरिन थालेको छ। यो बन्दरगाहबाट विगतमा मुख्य औद्योगिक कच्चा पदार्थ बढी आयात भइरहेकोमा अहिले उपभोग्य वस्तुको आयात बढेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्