२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

गोरखामा रातिदेखि विद्युत अवरुद्ध, सञ्चार माध्यमसमेत बन्द

गोरखा - सोमवार साँझको चट्याङले नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखाको सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा क्षति पु-याएपछि विद्युत अवरुद्ध भएको छ।  प्राधिकरणका इन्जिनियर कृष्ण कँडेलले मूख्य ट्रान्सफर्मरमा क्षति पुगेर विद्युत अवरुद्ध भएपछि पोखरा ग्रिडबाट प्राविधिकको टोली बोलाइएको बताए।

३३ केभी प्रशारण लाईनमा समस्या देखिएपछि जिल्लाभर विद्युत अवरुद्ध हुँदा यहाँबाट सञ्चालित दैनिक प्रत्रपत्रिका प्रकाशन भएनन् भने अधिकासं रेडियोहरु बन्द छन्।  सरकारी कार्यालय, बित्तिय संस्था लगायतमा काम काज प्रभावित बनेको छ।  मुख्य ट्रान्सफर्मर नै जलेको अनुमान गोरखाका प्राविधिकले गरेका छन्।

  अन्य समान्य समस्याका कारण अवरुद्ध भएको भए पोखराबाट आएका प्राविधिकले आज साँझसम्म मर्मत गरिसक्ने ट्रान्सफर्मर नै बिग्रिएको भए हेटौँडाबाट नयाँ ट्रान्फर्मर ल्याएर विद्युत सञ्चालन गर्दा भोलसम्म समय लाग्ने प्राधिकरणका इन्जिनियर कँडेलले बताए। 

प्रकाशित: १० भाद्र २०७६ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App