१३ माघ २०७८ बिहीबार

पर्यटन प्रवर्धन: अब भारतसँगै बंगलादेश र श्रीलंकाको पालो

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र उकास्न अब छिमेकी भारतमा मात्र नभई बंगलादेश र श्रीलंकामा पनि प्रवद्र्धनात्मक गतिविधि बढाउनुपर्ने सरोकारवालाको भनाई छ। अहिलेसम्म प्रवर्धनका अधिकांश कार्यक्रम भारतमा मात्र भईरहेकोमा अब क्षेत्रीय प्रवद्र्धनको आकार बढाउनुपर्ने उनीहरुको सुझाव छ।

मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्धन गरिने

नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्धन गरिने भएको छ। कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएशन अफ नेपालले नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्धन गर्न लागेको हो ।

पर्यापर्यटन प्रवद्र्धनका लागि ताप्लेजुङका बिभिन्न स्थानमा बन्यो पदमार्ग र पार्क

पर्यापर्यटन प्रवद्र्धनका लागि डिभिजन वन कार्यालयको सहयोगमा ताप्लेजुङका बिभिन्न स्थानमा पदमार्ग निर्माण तथा दर्शनीय स्थलहरुको विकास गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्