ढुवानीका साधन नहुँदा थन्कियो स्याउ
तिला गाउँपालिका–९ खोप्री गाउँमा उत्पादित स्याउ ढुवानीका लागि साधन नहुँदा थन्किएको छ । गाउँसम्म मोटरबाटो नपुगेको र वैकल्पिक ढुवानीको साधन उपलब्ध नहुँदा स्याउ बजारसम्म पु¥याउन नसकिएको हो ।
तिला गाउँपालिका–९ खोप्री गाउँमा उत्पादित स्याउ ढुवानीका लागि साधन नहुँदा थन्किएको छ । गाउँसम्म मोटरबाटो नपुगेको र वैकल्पिक ढुवानीको साधन उपलब्ध नहुँदा स्याउ बजारसम्म पु¥याउन नसकिएको हो ।
तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोडको स्याउ आयात गरेका छन् । फलफूल व्यवसायी संघका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको छ ।
लामो वर्षाका कारण गमगढी नाग्म सडक खण्ड ठाउँ ठाउँ भत्किए पछि जिल्लामा उत्पादन भएको स्याउ कुहिनेमा स्थानीय कृषक चिन्तामा परेका छन्।
जिल्लाभर यो वर्ष ४० देखि ४५ मेट्रिक टन स्याउको उतपादन हुने जिल्ला कृषि विकास कार्यालयले अनुमान गरे पनि जिल्लाको उत्तरी सोरु गाउँपालिकाका विभिन्न क्षेत्रमा उतपादन भएको स्याउले बजार नपाउदा खेर गइरहेको छ।
बाजुरा बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनकी बुदी सार्कीले आफ्ना चार छोराछोरी पढाउनका लागि ६ घण्टाको पैदलयात्रा तय गरी सदरमुकाममा स्याउ बेच्न आएकी छिन्।
स्याउ पाकेपछि चन्दननाथ नगरपालिका–१ का काशीराम भण्डारीको दिनचर्या बदलिएको छ। उनी स्याउ टिप्न र भण्डारण गर्न व्यस्त छन्। 'स्याउ पाकेपछि बेच्न भ्याइनभ्याइ छ,' उनले भने। तलिउमका अमर रावल पनि स्याउ टिप्न र भण्डारण गर्नमै व्यस्त छन्। 'स्याउ टिपेर प्याकेजिङ, ग्रेडिङ र भण्डारण गर्नमै दिनचर्या बित्ने गरेको छ,' उनी भन्छन्।
चन्दननाथ २ का खड्ग बहादुर सेजुवालको चुतेढुंगा स्थित स्याउ बगैचामा भालु लागेको साता भइसकेको छ। भालुले स्याउका डाला भाँच्नुका साथै स्याउका दाना खाने गरेको छ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाले अनुदानमा उपलब्ध गराउने अर्गानिक जुम्ली स्याउ लेखिएको कार्टुन स्याउ किसानसम्म नपुग्दा किसानले विदेशी कार्टुनमा जुम्लाको स्याउ निर्यात गर्नुपरेको छ । विदेशी कार्टुनमा स्याउ निर्यात भएकै कारण जुम्लाको स्याउ र विदेशी स्याउबीचको भिन्नता छुट्याउन गाह्रो पर्ने गरेको व्यवसायी बताउँछन्।
हरेक वर्ष विदेशबाट करोडौँ रुपैयाँका स्याउ आयात भइरहेका बेला सरकारले स्याउमा आत्मनिर्भर बन्ने दीर्घकालीन योजना अघि सारेको छ। उत्पदान कम हुनु र बर्सेनि स्याउको माग वृद्धि हुँदै गएपछि सरकारले उच्च हिमाली आठ जिल्लालाई 'स्याउको पकेट जिल्ला' घोषणा गरी उत्पादन बढाउन लागेको हो। पकेट जिल्लाका स्याउ किसानलाई विभिन्न अनुदानका कार्यक्रम ल्याएको छ।
बैशाखको पहिलो हप्तामा स्याउको फूल फुलेर असारमा गुच्चा आकारको ढेडो हुँदै भदौको तेस्रो सातामा खानलाई परिपक्क हुने स्याउ यो बर्ष माघ माहिनामै स्याउका दाना फलेको देखिएको छ।
'मेरो नर्सरीमा ६ हजार पाँच सय स्याउका विरुवा छन। तर कृषि विकास कार्यालयले हिउँ नपरेको र विरुवा लगाउन नसकिने भन्दै खरिद नगरे पछि कार्यालयकै मुल्य अनुसार २ लाख ६० हजार रुपैयाँ बराबरको विरुवा खेर जाने भयो', कार्कीवाडा गाविस वडा नम्बर ६ का स्याउ नर्शरी कृषक सक्क बुढाले चिन्ता व्यक्त गरे।
कोटको खल्तीमा अघिदेखि राखेको अमूल्य स्याउ सुरक्षित थियो। गुरुत्वाकर्षणले खल्तीको स्याउलाई पृथ्वीतिर तानिरहेको थियो। मेरो मनले चाहिँ स्याउलाई तानिरहेको थियो। टोकेर राखेको स्याउ खान आतुर मनलाई कम्पाउन्डबाहिर ननिस्कुन्जेलसम्म थुम्थुमाएको थिएँ।
यसपालि जुम्लामा एकै वर्ष दुईपटक स्याउले फल्यो। एकपटक राम्रो फल दियो, दोस्रोपटक फल हुर्कन पाएन। यहाँ स्याउको मौसम माघदेखि असोजसम्म हो। यहीबीचमा स्याउ फुल्ने, फल्ने र पाक्ने गर्छ। तर, यसपालि कात्तिकमै स्याउ फुलेर फल दिएपछि किसान छक्क परे।
स्थानीयकिसानले भण्डारण गरेर राखेको अर्गानिक स्याउप्रतिकिलो सय रुपैयाँमाबेचेका छन् । उनीहरुले बेमौसममाबेच्दा स्याउको राम्रो मूल्यपाएकाहुन् । यो वर्ष बगैंचामै ७० रुपैयाँकिलोमास्याउबेचेकाकिसानले तिहारमानिकै महँगोमाबेचे ।
हिमाली जिल्ला मुस्ताङबाट रु २३ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म रु २३ करोडको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।