परीक्षण प्रसारणको अन्तिम तयारीमा
भारतको सीमावर्तीसहर रक्सौलदेखि पर्साको परवानीपुरबीच १३२ केभिए विद्युत प्रसारणलाइनको निर्माणकार्य पूरा भएको छ। 'टावर निर्माण रतार तान्ने काम सकियो, भौतिक निर्माण पूरा भइसकेपछि अब परीक्षण हुँदैछ,' रक्सोल परवानीपुर १३२ केभी प्रसारणलाइन आयोजनाका प्रमुख लक्ष्मीनारायण मुखियाले नागरिकलाई भने, 'परीक्षण कार्य केही दिनभित्रै पूरा हुनेछ, अनि यस प्रसारणलाइनको प्रयोग विद्युत आपूर्तिका लागि गर्न सकिने।'