६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पलाई चुनौती दिँदै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

दक्षिण कोरिया— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनाैती दिँदै उत्तर कोरियाले आइतबार एउटा ब्यालेष्टिक मिसाइल परीक्षण गरेको छ। ट्रम्प अमेरिकी राष्ट्रपति नियुक्त भएपछि यो उत्तर कोरियाको पहिलो परीक्षण हो।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार उत्तरले अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड टम्पको प्रतिक्रिया बुझ्न यो मिसाइल परीक्षण गरेको जनाएको छ। यो कारवाहीलाई दक्षिणले एउटा भड्काउ कारवाहीको संज्ञा दिएको छ। मिसाइल स्थानीय समयअनुसार बिहान ७ः५५ बजे लञ्च गरिएको थियो।

मिसाइलको दिशा पूर्वमा जापानी सागरतर्फ ५ सय किलोमिटर तय गरेपछि समुन्द्रमा खसेको थियो।

उत्तर कोरियाले लगातार मिसाइल तथा परमाणु परीक्षण गर्दै आएको छ। मिसाइल परीक्षण गर्दै कडा प्रतिक्रिया दिने मामिलामा उत्तर निक अगाडि छ।

उत्तर कोरियाली नेता किम जोङ उनले जनवरीमै मिसाइल परीक्षणको संकेत गरेका थिए। उत्तर कोरिया लामो दूरीको मिसाइल परीक्षण गर्ने योजनाबाट निकै नजिक पुगिसकेको छ। यो मिसाइल परमाणु हतियार लैजानेमा पनि सक्षम रहेको बताइन्छ।
 

प्रकाशित: १ फाल्गुन २०७३ ०५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App