७ आश्विन २०८१ सोमबार
image/svg+xml

रसुवा भन्सारः दश महिनामा लक्ष्यको तुलनामा आधा पनि राजस्व उठेन

चालु आर्थिक वर्ष २०७७/७८ को दश महिना बितिसक्दा समेत रसुवा भन्सारले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको छैन। कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात तथा निर्यातमा कडाइ गरिएसँगै राजस्व संकलन प्रभावित बनेको हो। २०७६ माघयता नाकाबाट आयात निकै कम भएको छ।

रसुवाका दुई जलविद्युत् आयोजनाद्वारा ५७ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण

रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजना र सान्जेन जलविद्युत् आयोजनामा रहेका अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ। जिल्लामा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि आयोजना तथा आयोजना निर्माण गर्ने ठेकेदारले खाली सिलिन्डर हस्तान्तरण गरेका हुन्।

निषेधाज्ञाको समयमा ‘बजारको अवस्था’ बुझ्न अनुगमन

विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण लगाइएको निषेधाज्ञाको समयमा बजारको अवस्था बुझ्नका लागि जिल्लाको दुई स्थानमा बजार अनुगमन गरिएको छ ।

रसुवामा सोमबार राति १२ बजेदेखि निषेधाज्ञा

रसुवामा सोमबार राति १२ बजेबाट निषेधाज्ञा लगाइने भएको छ। जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञा लगाउने निर्णय गरिएको हो।

रसुवागढी नाका जोड्ने सडक खण्डको पोल सार्ने काम अन्तिम चरणमा

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिको लागि पोल सार्ने काम अन्तिम चरणमा पुगेको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाको अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएको, राष्ट्रसेवक कर्मचारीमा समेत कोरोना देखिएको, कार्यालयमा भीडभाड बढ्दै गएको र कागजातबाट समेत कोरोना संक्रमण फैलन सक्ने भएकाले सेवा स्थगित गरिएको सूचनामा उल्लेख छ।

गल्छी–रसुवागढी सडकमा ३३ मिटर अग्लो फ्लाइओभर बन्ने

गल्छी–रसुवागढी सडक खण्ड अन्तर्गत पर्ने त्रिशूली थ्री ए र त्रिशूली थ्री बीको पावरहाउस क्षेत्रमा उक्त फ्लाइओभर निर्माण गर्न लागिएको हो। यस क्षेत्रमा सडक निर्माणको लागि पर्याप्त स्थान नभएका कारण फ्लाइओभर निर्माण गर्न लागिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ।

गल्छी-रसुवागढी सडकमा ३३ मिटर अग्लो फ्लाइ ओभर बन्ने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा ३३ मिटर अग्लो फ्लाइ ओभर पुल बन्ने भएको छ ।

कोरोनाको जोखिम कम भएपछि मात्र आयात निर्यात सहज हुने

कोरोनाको जोखिम घटेपछि मात्र पहिलेको अवस्थामा नाका सञ्चालन हुने देखिएको छ। रसुवागढी नाकाबाट दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री ल्याइरहेका छन्। एक वर्षदेखि मान्छेको आवतजावत रोकिएको छ। कोभिड–१९ को संक्रमण फैलन सक्ने त्रासमा डेड वर्षदेखि सामग्री निर्यात हुन पाएको छैन।

रसुवाको पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन निकै कम

विश्वव्यापी फैलिएको कोभिड–१९ पछि रसुवाको पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन निकै कम भएको छ। वार्षिक २० हजारभन्दा बढीको संख्यामा पर्यटक आउने गरेकोमा कोभिड–१९ पछि थोरै मात्र पर्यटक आएका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा करिब ३ हजार पर्यटक मात्र जिल्ला भित्रिएका छन्।

रसुवा भन्सारः चैत महिनामा लक्ष्यको ५२ प्रतिशत मात्र राजस्व संकलन

रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७७/७८ को चैत महिनामा लक्ष्यको ५२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ। कार्यालयले चैत महिनामा ६२ करोड ६९ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। जसमा ३२ करोड ९४ लाख १ हजार रुपैयाँ मात्र संकलन भएको छ।

चीनको ल्हासामा रोकिएका सामग्रीको आयात सुरु

रसुवामा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको सामग्रीको आयात सुरु भएको छ।

रसुवामा १५ महिनापछि विदेशी पर्यटकको आगमन सुरू

पर्यटकीय क्षेत्र रसुवामा १५ महिनापछि विदेशी पर्यटकको आगमन सुरु भएको छ। विश्वव्यापी फैलिएको कोभिड–१९ का कारण २०७६ पुसदेखि विदेशी पर्यटकको आगमन शून्यमा झरेको थियो।

नेपाल पत्रकार महासंघ रसुवा शाखाको अध्यक्षमा पौडेल

नेपाल पत्रकार महासंघ रसुवा शाखाको अध्यक्षमा केशवप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्। सोमबार भएको दावीविरोध कार्यक्रममा अध्यक्षका अर्का उम्मेदवार हेमनाथ खतिवडाले मनोयन फिर्ता लिएसँगै पौडेल निर्विरोध निर्वाचित भएका हुन्।

स्याफ्रु–रसुवागढी सडक स्तरोन्नति हुन समय लाग्ने

कोरोना महामारीले काममा ढिलाइ भएको र टेलिफोन तथा फाइबर नेटवर्कको तार नसारिएको कारण ढिलाइ भएको हो। यसैगरी तातोपानी क्षेत्रमा मुआब्जा वितरण नहुँदा स्थानीयको अवरोध, भौगोलिक विकटता लगायत कारण काममा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्