९ आश्विन २०८१ बुधबार
image/svg+xml

रसुवागढी नाकामा आजदेखि सवारी सञ्चालन हुने

रसुवागढी नाकामा आजदेखि सवारी सञ्चालन हुने भएको छ। स्याफ्रु रसुवागढी सडकखण्डअन्तर्गत घट्टेखोलाको पुल मर्मत भएकाले सवारी सञ्चालनका लागि अनुमति दिन लागिएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ।

रसुवागढी नाका ठप्प हुँदा राजश्व सङ्कलन भएन, सडक खुल्न १५ दिन लाग्ने

रसुवागढी भन्सार कार्यालयमा राजश्व सङ्कलन विगत २१ दिनदेखि रोकिएको छ। बाढीपहिरोले क्षति पुगेको सडक मर्मत हुन नसक्दा राजश्व सङ्कलन ठप्प भएको हो।

असोजबाट निर्माण सुरु गरिने

६.४२ मेगावट क्षमताको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य आगामी असोजदेखि सुरु हुने भएको छ।

रसुवाको रस

रसुवामा स्थित गोसाइँ–कुण्ड धार्मिक तीर्थस्थल तथा पर्यटकीय हिसाबले महत्वपूर्ण सम्पदाका रूपमा चिनिन्छ ।

रसुवागढी नाका : सडक सुचारु गर्न आजदेखि ब्लाष्टिङ गरिने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा शनिबारदेखि ब्लाष्टिङ गरिने भएको छ।

रसुवागढी जोड्ने सडक सुचारु गर्न सेनाद्वारा अवलोकन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक सुचारु गर्नका लागि नेपाली सेनाले सडकको अवलोकन गरेको छ । प्रदेश ३ हेटौंडामा अवस्थित मध्यपृतनाबाट आएका ६ जनाको टोलीले रसुवाको बेत्रावतीदेखि रसुवागढीसम्मको सडकको अवलोकन गरेका हुन्।

गाउँपालिकाको गाडी किन्ने रकमले एम्बुलेन्स

रसुवाको नौकुण्ड गाउँपालिकाले गाडी नकिन्ने भएको छ । कार्यालय प्रयोजनका लागि गाडी किन्ने रकमले अब उसले एम्बुलेन्स किन्ने भएको हो।

रसुवागढी भन्सारको काम प्रभावित, लक्ष्य ५० करोड, संकलन २६ करोड

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा १९ दिनदेखि सवारी सञ्चालन हुन सकेको छैन्।  जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोलामा बाढीले क्षति पुर्याएको पुल मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन नभएको हो।

गोसाइँकुण्ड मेलाको लागि दररेट निर्धारण

जनैपूर्णिमाको अवसरका लाग्ने गोसाइँकुण्ड मेलाको लागि दररेट निर्धारण गरिएको छ। गोसाइँकुण्ड क्षेत्र विकास समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज र व्यवसायीबीच भएको छलफलबाट मेलाको लागि नयाँ दररेट कायम गरिएको छ।

बाढीले ड्याममा क्षति पु-याएपछि काम प्रभावित

गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुुवागढी जलविद्युत आयोजनाको काम प्रभावित भएको छ।

तामाङ गाउँमा आफ्नै ‘संसद्’

ठूलोभार्खु गाउँमा तामाङ समुदायको बस्ती छ । सदरमुकाम धुन्चेबाट करिब ६ किलोमिटर टाढा रहेको यो गाउँका बासिन्दाको भाषा–संस्कृति तथा समग्र जीवनशैली समान छ ।

रसुवागढी नाकाः यातायातमा राेक लगाएपछि व्यापारी फर्कन थाले

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा सवारी सञ्चालनमा रोक लगाइएपछि चीनको केरुङमा रहेका नेपाली व्यापारी स्वदेश फर्कन थालेका छन्।

रसुवागढी नाकामा साउन महिनाभर सवारीसाधन सञ्चालन नहुने

चीनसँगको अन्तर्राष्ट्रिय ब्यापारिक नाका रसुवागढीमा साउन महिनाभर सवारी साधन सञ्चालन नहुने भएको छ।

रसुवाको लाङटाङमा चिज उत्पादन घट्यो

रसुवाको गोसाईकुण्ड गाउँपालिका–४ लाङटाङमा रहेको चिज उत्पादन केन्द्रमा चिज उत्पादन घटेको छ।  भूकम्प जानुपूर्व वार्षीक ५ हजार केजी चिज उत्पादन गर्दै आएको केन्द्रले त्यसपछिका दिनमा २ हजार ७ सय केजी चिज उत्पादन गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्