९ आश्विन २०८१ बुधबार
image/svg+xml

रसुवामा आगामी असोजदेखि सुख्खा बन्दरगाह निर्माण गरिने

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा आगामी असोजदेखि सुख्खा बन्दरगाह निर्माण कार्य सुरु गरिने भएको छ। चीन सरकारले निर्माण गर्न लागेको बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ।

रसुवा कन्टेनर दुर्घटना अपडेट : मृतक ३ मध्ये १ को सनाखत

रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ याङयाङ खोलामा मंगलबार भएको कन्टेनर दुर्घटनामा मृत्यु भएका ३ जनामध्ये १ को सनाखत भएको छ।

रसुवागढी नाकामा ५ टनभन्दा बढी क्षमताका सवारी सञ्चालनमा रोक

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा ठुला सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।

रसुवा पहिरो अपडेट : ९ जनाको मृत्यु, रसुवागढी-केरूङ जोड्ने सडक अवरुद्ध

रसुवाको टिमुरेमा बुधबार राति गएको पहिरोमा पुरिएर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का ३७ वर्षका सुश खडका, २६ वर्षका बिक्रम श्रेष्ठ, ४२ वर्षका श्याम श्रेष्ठ, ४५ वर्षका मंगल तामाङ, रसुवाको थुमनका ४५ वर्षका मिङमारगोम्बो तामाङ, टिमुरेका ४७ वर्षका दोर्जेवाङजु घले, ३७ वर्षका महिला कार्साङ किमो घले, नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनीको मृत्यु भएको छ।

रसुवा पहिरो अपडेट : पुरिएका ४ शव भेटियो, अन्यको खोजी कार्य जारी

रसुवाको टिमुरेमा गएराति गएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ।

रसुवाको टिमुरेमा पहिरो जाँदा ७ बेपत्ता, १२ को उद्दार

रसुवाको टिमुरेमा पहिरो जाँदा ७ जना बेपत्ता भएका छन् भने १२ जनाको घाइते अवस्थामा उद्दार गरिएको छ।

रसुवाको पाँच वटै गाउँपालिकाको स्तम्भ निर्माण

जिल्ला प्रशासन कार्यालय रसुवाले जिल्लाको पाँच वटै गाउँपालिकाको स्तम्भ निर्माण गरेको छ।

रसुवाका पीडितलाई थप ५० हजार रुपैयाँ प्रदान गरिने

रसुवाका दुई सय ७५ भूकम्पपीडितले थप ५० हजार सहयोग पाउने भएका छन्। जोखिमको वर्गमा परेका पीडितलाई आवास निर्माणका लागि थप रकम प्रदान गर्न लागिएको हो।

रसुवागढी नाकामा एकिकृत भन्सार निर्माण सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा एकिकृत भन्सार निर्माण सुुुरु भएको छ। एकिकृत भन्सार निर्माणका लागि जग्गा सम्माउने, घेराबार लगाउने तथा जग खन्ने कार्य सुरु भएको हो।

रसुवामा पहिरोले एक घर पुरियो, ११० घर उच्च जोखिममा

रसुवाको नौकुण्ड गाउँपालिका–४ भञ्ज्याङडाँडामा पहिरो जाँदा एक घर पुरिएको छ। शुक्रबार राति वर्षाका कारण आएको पहिरोले वीरबहादुर बिकको घर पुरिएको हो।

रसुवामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

रसुवाको आमाछोदिङमो गाउँपालिका–५ सिम्बुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ जिल्लाका ४५ वर्षीय शिवगन्ज राजवंशी र दाङ जिल्लाका २४ वर्षीय विकास घर्तीमगर रहेका छन्।

रसुवाबासीको शेयर वितरण प्रक्रिया स्थगन

निर्माणाधीन साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट रसुवावासीले पाउने १० प्रतिशत शेयर वितरणको प्रक्रिया स्थगन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्