९ आश्विन २०८१ बुधबार
image/svg+xml

रसुवामा १८ प्रतिशत रोपाइ सम्पन्न

रसुवामा १८ प्रतिशत रोपाइ सकिएको छ। समयमा मनसुन सक्रिय भएका कारण असार लागेसँगै जिल्लामा रोपाइँ सुरु भएको हो।

पहिरोका कारण स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध

मंगलबार रातिदेखि परेको अविरल वर्षाको कारण पहिरो खस्दा स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ।

रसुवाका कृषक आधुनिक प्रविधितर्फ आकर्षित

रसुवाका कृषक आधुनिक प्रविधितर्फ आकर्षित भएका छन्। परम्परागत कृषि प्रणालीका कारण उत्पादन कम हुने र पढ्नेले खेती गर्न हुँदैन भन्ने मान्यता हटाउन आधुनिक प्रविधि प्रयोगतर्फ कृषक आकर्षित भएका हुन्।

रसुवागढी जोड्ने छोटो सडक यो वर्ष सञ्चालनमा नआउने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक यो वर्ष सञ्चालनमा नआउने भएको छ।

रसुवामा नमुना विद्यालय छनोट हुन सकेनन्

नेपाल सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरर्गत प्रत्येक निर्वाचन क्षेत्रमा एउटा एउटा विद्यालय छनौट गरी नमुना विद्यालयको रुपमा विकास गर्ने कार्य सुरु भएको छ।शैक्षिक गुणस्तर सुधार गर्नका लागि ल्याइएको कार्यक्रममा निर्देशिका अनुसार मापदण्ड पूरा गर्न नसक्दा रसुवाका सामुदायिक विद्यालय ‘नमुना विद्यालय’ बन्नबाट वञ्चित भएका छन्।

रसुवामा हटलाइन सेवा सञ्चालन

नागरिकको समस्या तथा गुनासो सुन्नका लागि जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबारदेखि हटलाइन सेवा सुरु गरेको छ।

वर्षातमा पनि रसुवागढी जोड्ने राजमार्ग नियमित सञ्चालन हुने

वर्षातको समयमा राजमार्ग नियमित सञ्चालनका लागि कार्ययोजना निर्माण गरिएको छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने राजमार्गमा वर्षातको समयमा पनि सवारीसाधन निर्वाध रुपमा सञ्चालन गर्नका लागि कार्ययोजना निर्माण गरिएको हो।

रसुवाका कृषकलाई हाते ट्याक्टर वितरण

रसुवाको उत्तरगया गाउँपालिकाका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ। खेतीपाती लगाउने समय सुरु भएसँगै कृषि विकास शाखाले कृषकलाई ७५ प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो। गाउँपालिकाको कृषि सहकारी र कृषक समुहमा आवद्ध १२ जना कृषकलाई सामग्री वितरण गरिएको शाखाले जनाएको छ।

रसुवागढी नाकामा एक साताभित्रै एकिकृत भन्सारको निर्माण कार्य सुरु हुने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा एकिकृत भन्सार निर्माणका लागि बाटो खुलेको छ।

रसुवागढीमा एकीकृत भन्सार डेढ वर्षदेखि अलपत्र

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण गर्न लागिएको एकीकृत भन्सार डेढ वर्षदेखि अलपत्र परेको छ। सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला समयमा नै हुन नसक्दा भवन निर्माण अलपत्र परेको हो।

रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपियो

विश्व वातावरण दिवसको अवसरमा रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपिएको छ।

पुनर्निर्माणमा रसुवा चुस्त, नुवाकोट सुस्त (फोटो फिचर)

भुकम्पले ज्यादा क्षति पुर्याएका रसुवामा पुनर्निर्माणको कामले गति लिएको छ भने नुवाकोटमा यो गति अलि सुस्त देखिएको छ ।

रसुवागढी नाकाबाट २१ जना किशोरी घर फर्काइयो

रोजगारीको लागि चीनको केरुङ जान लागेका २१ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काएको छ।

रसुवाको एक होटलमा आगलागी

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा छिरिङ छिङ्देलले सञ्चालन गरेको होटलमा आगलागी भएको छ।  आगलागीबाट होटलमा रहेको फर्निचर, लत्ताकपडा र खाद्यान्न जलेर नष्ट भएको छ । जस्ताले बारेर निर्माण गरेको होटलमा बुधबार बिहान साढे ११ बजे आगलागी भएको हो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

काठ प्रशोधनको लागि रसुवामा ६ वटा स्थायी पोखरी निर्माण

काठ प्रशोधनको लागि रसुवामा ६ वटा पोखरी निर्माण गरिएको छ। भूकम्पपछिको पुनर्निर्माणमा काठको प्रयोग बढ्दै जाँदा काठलाई किरा तथा धमिराबाट जोगाउनका लागि पोखरी निर्माण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्