रसुवा – मंगलबार रातिदेखि परेको अविरल वर्षाको कारण पहिरो खस्दा स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ।
जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी नायव उपरिक्षक शरतकुमार थापा क्षेत्रीले बताए। सडक अवरुद्ध बनेपछि सामग्री ढुवानीका लागि चीनको केरुङ जान लागेका तथा रसुवागढी नाका हुँदै काठमाडौं जान लागेका सवारी साधनहरु बीच बाटोमा नै रोेकिएका छन्।
प्रकाशित: १३ असार २०७५ ०६:०१ बुधबार