९ आश्विन २०८१ बुधबार
image/svg+xml

रसुवामा आधुनिक किसिमको हेलिप्याड निर्माण

रसुवामा रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नका लागि आधुनिक किसिमको हेलिप्याड निर्माण सुरु भएको छ।

रसुवामा आधुनिक हेलिप्याड निर्माण

सुवामा रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नका लागि आधुनिक किसिमको हेलिप्याड निर्माण सुरु भएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले सदरमुकाम धुन्चेस्थित गणभित्र करिब १५ लाखको लागतमा हेलिप्याड निर्माण सुरु गरेको हो । गणमा रहेको हेलिप्याडमा यसअघि दिउँसोको समयमा मात्र हेलिकप्टर अवतरण गर्न सकिन्थ्यो।

रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक तत्काल सञ्चालन नहुने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक तत्काल सञ्चालनमा नआउने भएको छ।

रसुवागढी नाकामा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिँदै

अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने भएको छ।

रसुवागढी जोड्ने छोटो दूरीको अन्तर्राष्ट्रिय नाका उद्घाटन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफू बेँसी सडक उद्घाटन भएकाे छ।

रसुवागढी नाकामा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीमा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने भएको छ। सीमामा हुन सक्ने अवैध क्रियाकलाप रोक्नका लागि प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिन लागिएको हो । रसुवागढी नाका नजिकै निर्माण गरिएको प्रिफेब्रिकेटेड भवनबाट एक हप्ताभित्र सेवा सुरु गरिने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए।

जिप्रका रसुवामा फ्रि वाइफाइदेखि स्यानेटरी प्याडको व्यवस्था

जिल्ला प्रशासन कार्यालय रसुवामा आउने सेवाग्राहीलाई नियमित सेवाको अतिरिक्त कार्यालयले विशेष सेवाहरु सुरु गरेको छ ।

रसुवागढी नाका जोड्ने सडक भासिएपछि नयाँ ट्रयाक खोलियो

अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको छ।  आइतबार दिउँसो १ बजे स्याफ्रुबेशी–रसुवागढी सडक खण्डको स्याफ्रुबेशीमा सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको हो। डिभिजन सडक कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय रसुवाको समन्वयमा आइतबार राति ९ बजेबाट सडक सुचारु गरिएको हो।

रसुवागढी नाका जोड्ने सडकमा पहिरो गएपछि यातायात ठप्प

अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकखण्डमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको छ । आइतबार दिउँसो १ बजेतिर जिल्लाको स्याफ्रुबेँशीमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको हो । मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावटको लाङटाङखोला जलविद्युत आयोजना निर्माणस्थलमा सडक खन्ने क्रममा पहिरो गएको हो।

रसुवागढी नाका जोड्ने सडकमा पहिरो, खुलाउन ५ घण्टा लाग्ने

अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकखण्डमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको छ ।  आइतबार दिउँसो १ बजेतिर जिल्लाको स्याफ्रुबेशीमा सुख्खा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको हो । मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावटको लाङटाङखोला जलविद्युत आयोजना निर्माणस्थलमा पहिरो गएको हो।

रसुवाको नौकुण्डमा तीन घर जलेर नष्ट

रसुवाको नौकुण्ड गाउँपालिका–६ सस्र्युमा आगलागि हुँदा तीन घर जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर लागेको आगोले लाक्पा लामा, रालब लामा र मिङमार दोर्जे तितुङको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । तीनै जना एकै परिवारका सदस्य हुन् ।

रसुवामा विप्लवका कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रसुवाका जिल्ला सदस्य तथा युवा रेडफोर्सका जिल्ला संयोजक योर्साङ तामाङ मंगलबार पक्राउ परेका छन्।

‘हाइड्रो हव’ बन्दै रसुवा–नुवाकोट

जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित रसुवा र नुवाकोटमा मात्रै २२८.३ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेका छन्।

रसुवागढी नाकालाई थप व्यवस्थित बनाइने

उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले रसुवामा रहेका जलविद्युत आयोजनाहरुको निरीक्षण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्