रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–६ सस्र्युमा आगलागि हुँदा तीन घर जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर लागेको आगोले लाक्पा लामा, रालब लामा र मिङमार दोर्जे तितुङको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । तीनै जना एकै परिवारका सदस्य हुन् ।
शुक्रबार साँझ भएको आगलागिबाट मानवीय क्षति नभएको प्रहरी नायव उपरिक्षक सरत्कुमार थापा क्षेत्रीले बताए ।
आगलागि भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरी घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरिक्षक थापा क्षेत्रीले बताए ।
प्रकाशित: २१ वैशाख २०७५ ११:५२ शुक्रबार