८ आश्विन २०८१ मंगलबार
image/svg+xml

स्याउकाे गाडीमा ७ केजी सुन, चालक पक्राउ

चीनको केरुङबाट स्याउ बोकेर नेपाल आएको कन्टेनरबाट सुनसहित रसुवाको नौकुण्ड गाउँपालिका–१ का शेर ग्याल्बो घले पक्राउ परेका हुन्।

साहित्यकार 'रसुवाली कवि' पक्राउ

रसुवाली कविका नामले परिचित साहित्यकार ठाकुर प्रसाद तिमिल्सिनालाई प्रहरीले गिरफ्तार गरेकाे छ।

पाैने दुई अर्बको चिनियाँ स्याउ आयात

रसुवागढी नाकाबाट चिनियाँ स्याउ आयात बढेको छ। नेपालमा चिनियाँ स्याउको माग बढ्दै जाँदा आयात पनि बढेको हो।

सान्जेन र रसुवागढी पनि थपिए

ऊर्जा मन्त्रालयले सान्जेन र रसुवागढी जलविद्युत् आयोजना पनि जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत अघि बढाउने भएको छ। मन्त्रालयले जनताको जलविद्युत् कार्यक्रमको अनुसूची हेरफेर गर्दै यी दुई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको हो।

रसुवागढी र सान्जेनले साधारण सेयर जारी गर्ने

रसुवामा निर्माण भइरहेका तीनवटा जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएका छन्। एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गर्ने रसुवागढी हाइड्रोपावर कम्पनीका साथै सान्जेन र माथिल्लो सान्जेन निर्माण गर्ने सान्जेन हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गर्न लागेका हुन्।

धुलो र सवारी जामले सास्ती

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको गल्छी–रसुवागढी सडकमा धुलो व्यवस्थापन नहुँदा स्थानीयको जनजीवन कष्टकर बनेको छ। निर्माण हुँदै गरेको सडकमा अत्यधिक धुलोे उड्ने गरेका कारण सडक प्रयोगकर्ता यात्रुसहित छेउछाउका स्थानीय आजित बनेका छन्। धुलोेले त्यस क्षेत्रमा चल्ने सवारीसाधनका चालक, यात्रु तथा सडक वरपरका स्थानीयको स्वास्थ्यमा पनि गम्भीर असर पारिरहेको छ।

रसुवागढीबाट कृषि तथा वनजन्य सामग्री आयातमा रोक

रसुवागढी नाकाबाट कृषि तथा वनजन्य सामग्री आयातमा रोक लगाइएको छ। बिरुवा स्वस्थताको प्रमाणपत्र (फाइटोस्यानेटरी सर्टिफिकेट) बिना ल्याइएका सामग्री आयातमा रोक लगाइएको हो। चार वर्षदेखि प्रमाणपत्र बिना कृषि तथा वनजन्य सामग्री आयात हुँदै आएको छ। यो महिनादेखि यी वस्तु आयातमा रोक लगाइएको प्लान्ट क्वारेन्टाइन कार्यालय रसुवाले जनाएको छ।

चार ठाउँमा थपियो नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले रसुवा जिल्लाको टिमुरे, कञ्चनपुर जिल्लाको महेन्द्रनगर, कैलाली जिल्लाको टिकापुर र बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

मैलुङ–स्याफ्रुबेंसी सडकमा ब्लास्टिङ सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेंसी सडक खण्डमा मंगलबारदेखि ब्लास्टिङको काम सुरु भएको छ। ब्लास्टिङ गर्नका लागि अनुमति नपाउँदा सडक खुल्न सकेको थिएन। १७ किलोमिटर सडकमध्ये दुई सय मिटर सडकको काम मात्रै बाँकी छ।

रसुवाबाट ३६ हजार पर्यटक

रसुवागढी नाका हुँदै नेपाल आउने चिनियाँ पर्यटक बढेका छन्। सडक मार्ग हुँदै नेपाल आउने चिनियाँ पर्यटकको रोजाइमा रसुवागढी परेको हो। अन्य नाका सञ्चालनमा नआएका कारण यो नाकाबाट पर्यटक आउने क्रम बर्सेनि बढ्दै गएको छ।

रसुवामा घर पुनर्निर्माणमा ३ अर्ब २४ करोड खर्च

भूकम्पपछि निजी आवास पुनर्निर्माणका लागि रसुवामा ३ अर्ब २४ करोड रुपैयाँ खर्च भएको छ। जिल्लामा ७६ प्रतिशत निजी आवास निर्माण भइसक्दा ३ अर्ब २४ करोड ३४ लाख ५० हजार रुपैयाँ खर्च भएको हो।

पासाङ ल्हामु मार्गको रसुवा खण्डमा धमाधम ढलान

पासाङ ल्हामु मार्गको रसुवा खण्डमा ढलान गर्न सुरु भएको छ। कालोपत्रे नभएका स्थानमा ढलान गर्न थालिएको हो। जिल्लाको स्याउबारीदेखि सोलेसम्म सडक ढलान भइरहेको सडक डिभिजन नुवाकोटले जनाएको छ। हिलो भएर गाडी फस्ने ठाउँमा ढलान भइरहेको डिभिजन प्रमुख निरज शाक्यले जानकारी दिए। ‘हिलोमा गाडी फस्ने समस्या समाधानका लागि काम गरिरहेका छौं,’ उनले भने, ‘आउँदो असार मसान्तसम्ममा काम सक्ने योजना छ।’ यसका लागि १ करोड ३० लाख रुपैयाँ खर्च हुने उनले बताए। आठ इन्चको ढलान दुई लाइनमा भइरहेको छ।

व्यापारिक कारोबार सुरु

रसुवागढी नाकामा व्यापारिक कारोबार सुरु भएको छ। ल्होसारको कारण २२ दिनदेखि कारोबार रोकिएको थियो। चीनको केरुङमा सामग्री लिन पुगेका ८० वटा कन्टेनरमा सिल लगाइएको छ। स्याउ लिन गएका गाडीमा सिल लगाउन सुरु गरिएको केरुङमा रहेका व्यापारी पुरुषोत्तम पौडेलले बताए।

चीन जोड्ने  सडक स्तरोन्नतिमा ढिलाइ

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको सडकको स्तरोन्नतिमा ढिलाइ भएको छ। मैलुङ–स्याफ्रुबेंसी सडकमा झरेको ढुंगा ब्लास्टिङका लागि समयमै अनुमति नपाउँदा ढिलाइ हुन पुगेको हो।

रसुवागढी नाका जोड्ने दुबै सडकलाई प्राथमिकता : मुख्यमन्त्री पौडेल

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने दुवैतर्फको सडकको व्यवस्थापन गर्नुपर्ने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्। नाका अवलोकनका लागि आइतबार रसुवागढी पुगेका मुख्यमन्त्री पौडेलले दुवै सडकलाई प्राथमिकता दिएर स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्। वार्षिक रूपमा अर्बौं राजस्व उठ्ने गरे पनि सडकको दुरवस्था देखेर उनले दुःख व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्